मंगलवार, आश्विन १३,२०८३ 05:23:11
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 05:23:11
Bizshala
Global IME Bank Limited

पोलिसी सरेण्डरमार्फत जीवन बीमा कम्पनीहरुबाट बाहिरियो रु.१३.५४ अर्ब, साढे १२ लाख बीमितले गरेनन् रिन्यु

Bizshala
पोलिसी सरेण्डरमार्फत जीवन बीमा कम्पनीहरुबाट बाहिरियो रु.१३.५४ अर्ब, साढे १२ लाख बीमितले गरेनन् रिन्यु
New Office

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुबाट सरेण्डरमार्फत साढे १३ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा १३ अर्ब ५४ करोड १६ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको हो ।  

यो सरेण्डर रकम गत आवको सोही अवधिसम्मको तुलनामा १०।९७ प्रतिशत बढी हो । गत आवको ११ महिनासम्ममा जीवन बीमकहरुबाट सरेण्डरमार्फत् १२ अर्ब २० करोड ३३ लाख रुपैयाँ बाहिरिएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जीवन बीमा कम्पनीहरुबाट मासिक रुपमा अर्बौ रकम सरेण्डरमार्फत बाहिरिदै गएको छ । बीमा कम्पनीहरुमा नयाँ व्यवसाय थपिदै गएपनि सरेण्डरदर पनि उत्तिकै बृद्धि हुँदै गएको छ । यस्तो दरले जीवन बीमा कम्पनीमा नकारात्मक प्रभाव पार्न सक्ने देखिन्छ । अर्थात् व्यवसाय बढेपनि पोलिसी समर्पण रकम उत्तिकै बढ्दै जाँदा बीमकहरुको व्यवसायमा धक्का पुग्ने दखिन्छ ।  

प्राधिकरणका अनुसार सो अवसिधम्म बीमा कम्पनीहरुबाट ९८ हजार ४१ वटा पोलिसी त्याग भएका छन् । जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा १.९७ प्रतिशत कम हो । गत आवको ११ महिनासम्ममा १ लाख १२ वटा पोलिसी त्याग भएका थिए ।  

सरेण्डर रकमसँगै जीवन बीमा कम्पनीहरुमा व्यतित बीमालेख संख्या र रकम उत्तिकै बढ्दै गएको देखिएको छ । पछिल्लो समय बीमालेख नविकरण गर्ने प्रवृत्तिले बीमा क्षेत्रमा समस्या पैदा गरेको छ ।  

प्राधिकरणका अनुसार सो अवधिसम्म १२ लाख ४३ हजार ७६९ बीमितले बीमालेख नविकरण नगरेको पाइएको छ । जुन यो दर गत आवको तुलनामा ८.७७ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म ११ लाख ४३ हजार ४७८ बीमितले बीमालेख नविकरण गरेका थिएनन् ।  

जेठ मसान्तसम्म व्यतित बीमालेख रकम १०.५४ प्रतिशतले बृद्धि भएको छ । साढे ३६ अर्ब रुपैयाँ बराबरको बीमालेख व्यतित हुँदा बीमा कम्पनीहरुको व्यवसायमा धक्का पुगेको छ ।  

बीमा अभिकर्ताहरूको असक्रियता र ग्राहकसँग नियमित सम्पर्कको अभावले पनि यस्तो दर बढ्दो क्रममा रहेको बीमा विज्ञहरु बताउँछन् । कतिपय बीमित भने आर्थिक समस्याहरूमा पर्दा पनि बीमालेख नविकरण नहुने अवस्था आउँछ भने बीमा सरेन्डर बारे जानकारी नहुँदा पनि नविकरणदर बढ्ने विज्ञहरुको भनाई छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.