काठमाण्डौ । नेपालले पहिलोपटक फ्रोजन फ्रेञ्च फ्राइज अमेरिका निर्यात गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार भैरहवा भन्सार कार्यालयमार्फत नेपाली उत्पादन फ्रोजन फ्रेञ्च फ्राइज पहिलोपटक संयुक्त राज्य अमेरिका(यूएसए) निर्यात भएको हो ।
रुपन्देही जिल्लामा अवस्थित फ्रस्ट च्वाईस फूड्स प्रालिबाट अमेरिकास्थित ZENT CO LLC DBA TCF FOODS लाई अमेरिकी डलर ३८ हजार ४८०(नेरु. ५४ लाख ८८ हजार १५८) मूल्य बराबरको दुई कन्टेनर ४३५२० किलोग्राम फ्रोजन फ्रेञ्च फ्राइज निर्यात गरिएको हो ।
यस ऐतिहासिक उपलब्धिले नेपालमा उत्पादिक खाद्य वस्तुले अमेरिकाजस्तो प्रतिस्पर्धात्मक बजारमा प्रवेश पाएकोमा नयाँ नेपाली उद्योगको विकास, वैदेशिक मुद्रा आर्जन र उद्यमशीलता निर्माणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ । भैरहवा भन्सार कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छःअमेरिकी बजारमा नेपाली फ्रेञ्च फ्राइजको प्रवेशले भविष्यमा थप नेपाली उत्पादनहरुको विश्वबजार बिस्तारको ढोका खोल्नेछ ।


