सोमबार, फाल्गुन ४,२०८२ 04:08:46
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 04:08:46
Bizshala
Global IME Bank Limited

नेपालको ढुवानी क्षेत्रमा आधुनिकीकरण ल्याउँदै सारथी लजिस्टिक्सको आधिकारिक सुरुवात

नेपालको ढुवानी क्षेत्रमा आधुनिकीकरण ल्याउँदै सारथी लजिस्टिक्सको आधिकारिक सुरुवात
Shivam Cement

काठमाण्डौ । प्रविधिमैत्री लजिस्टिक्स कम्पनी सारथी लजिस्टिक्स प्रा. लि. ले आजदेखि  नेपालभर आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ। आधुनिक प्रविधि र पारदर्शितामार्फत नेपालको वस्तु आपूर्ति क्षेत्रमा नयाँ स्तरको सेवा प्रदान गर्ने सारथीको लक्ष्य रहेको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

स्वयम्भू ठूलोभर्‍याङ, काठमाडौंमा मुख्य कार्यालय रहेको सारथीले नारायणघाट, बिरगंज, विराटनगर, बुटवल, भैरहवा, हेटौंडा, पोखरा, ईटहरी र धनगढीमा शाखा कार्यालयहरूसहित १५ स्थानबाट सेवाको सुरुवात गर्दैछ, जसले गर्दा नेपालभर प्रभावकारी सेवा पुग्नेछ ।

सारथीले आंशिक तथा पूर्ण ट्रक लोड सेवा, कुरीयर तथा पार्सल डेलिभरी, फ्लीट म्यानेजमेन्ट, वेयरहाउसिङ र वितरण, रिभर्स लजिस्टिक्सलगायतका सेवा प्रदान गर्छ। ग्राहकहरुले मोबाइल एप वा वेबसाइटमार्फत सजिलै ट्रक बुकिंग, रियल–टाइम ट्र्याकिङ र पारदर्शी सेवा प्राप्त गर्न सक्नेछन्।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

“नेपालमा ढुवानी व्यवसायलाई प्राविधिक, पारदर्शी र सहज बनाउन सारथी स्थापना गरिएको हो,” सारथीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार न्यौपाने भन्छन्, “हाम्रो लक्ष्य ढुवानी क्षेत्रलाई व्यवस्थित गर्दै व्यवसाय तथा आम उपभोक्तालाई भरपर्दो सेवा प्रदान गर्नु हो।”

अनुभवी व्यवस्थापन टिम जसमा १५ बर्ष ढुवानी पेशाकर्मीहरु, आईटी विज्ञ र सिए द्वारा सञ्चालन हुनेसारथीले अबदेखि नेपालभर सस्तो, भरपर्दो र प्रविधिमैत्री ढुवानी सेवा उपलब्ध गराउने घोषणा गरेको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.