मंगलवार, श्रावण १९,२०८३ 03:53:36
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 03:53:36
Bizshala
Global IME Bank Limited

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, बिहिबारबाट कारोबारमा आउने

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, बिहिबारबाट कारोबारमा आउने
New Office

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । बैंकको ७ वर्ष अवधि तथा ७ प्रतिशत ब्याजदर भएको अंकित तथा चुक्ता मूल्य रु.१ हजार दरका कुल २५ लाख कित्ता भएको ‘७ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८८’ सूचीकृत भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच  ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ ।  

 

सम्झौतामा  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्जका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले हस्ताक्षर गरे । उक्त ऋणपत्रको दोस्रो बजारमा साउन १५ गतेबाट कारोबार शुरु हुनेछ भने ।  

यस्तै सूचीकरण पश्चात् दिनुपर्ने आरटीएस सेवा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाण्डौबाट हुनेछ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.