सोमबार, श्रावण १८,२०८३ 03:35:23
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:35:23
Bizshala
Global IME Bank Limited

नेपाल बैंकले नक्कली सुन धितो राखेर कर्जा दिने गरेको खुलासा, ४ करोड लिने पक्राउ

नेपाल बैंकले नक्कली सुन धितो राखेर कर्जा दिने गरेको खुलासा, ४ करोड लिने पक्राउ
New Office

काठमाण्डौ । नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखेर कर्जा प्रवाह गरेको खुलासा भएको छ । नेपाल बैंकमा नक्कली सुन धितो राखि ४ करोड रुपैयाँ भन्दा बढी रकम ऋण लिएर फरार भएका एक व्यक्ति पक्राउ परेपछि बैंकको यस्तो कर्तुत बाहिर आएको  हो ।  

नेपाल प्रहरीले नेपाल बैंकमा नक्कली सुन धितो राखि ४ करोड रुपैयाँ बढी ऋण लिई फरार भएका एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरूप नगरपालिका–८ घर भई काठमाण्डौको बौद्ध बस्ने ४१ वर्षीय टोकनाथ साह रहेका छन् । साहलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको पक्राउ गरेको हो । उनलाई बौद्धस्थित हायात होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

साहले नक्कली सुन धितो राखेर नेपाल बैंकबाट ४ करोड १४ लाख ८४ हजार रूपैयाँ ऋण लिएको खुल्नमा आएको छ । ऋण लिएर फरार भएपछि उच्च अदालत विराटनगरले उनीविरुद्ध ९८ लाख ८५ हजार ५६४ रूपैयाँ बिगो र तीन वर्ष कैद फैसला सुनाएको थियो। 

बैंकहरुले नक्कली सुन पहिचान गर्नका लागि गोल्ड टेस्टिङको व्यवस्था गरेका हुन्छन् । यसका लागि बैंकहरुले गोल्ड टेस्टर नै नियुक्त गरेका हुन्छन् । यस्तोमा बैंकमा नक्कली सुन धितो राखेर कर्जा लिने गरेका घटनाहरु सार्वजनिक हुँदा बैंकहरुको परीक्षणको विश्वसनियतामा नै प्रश्नचिन्ह खडा भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.