बिहीबार, श्रावण २२,२०८२ 05:38:29
  • बिहीबार, श्रावण २२,२०८२ 05:38:29
Global IME Bank Limited

नेपाल र श्रीलंकाका राष्ट्रिय चेम्बरबीच विभिन्न विषयमा सहकार्य गर्ने सहमति

Hyundai Nepal
नेपाल र श्रीलंकाका राष्ट्रिय चेम्बरबीच विभिन्न विषयमा सहकार्य गर्ने सहमति
Shivam Cement

काठमाण्डौ । नेपाल–श्रीलंका चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री र चेम्बर अफ एक्सपोर्ट श्रीलंकाबीच व्यापार, लगानी, संयुक्त उद्यमलगायतका विषयमा हस्ताक्षर भएको छ ।

नेपालका लागि श्रीलंकाका एक्टिङ एम्बेष्डर चाल्स डि अफेयर्स (एआई) चमेरा मुनासिंघेको उपस्थितीमा भएको जुम मिटिङ मार्फत नेपाल श्रीलंका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनएससिसिआई) का महासचिव नरेन्द्र बल्लभ पन्त र श्रीलंकाका राष्ट्रिय निर्यातकर्ता चेम्बर अफ कमर्शका एम। शिहम मारिकर (महासचिव÷प्रमुख कार्यकारी अधिकृत( बीच हस्ताक्षर भएको हो । यो सम्झौता ऐतिहासिक भएको भन्दै मुनासिंघेले आगामी दिनमा दुई मुलुकबीच व्यवसायिक गतिविधी बढ्ने धारणा राखिन् ।

आगामी सेप्टेम्बर १८ देखि २१ मा श्रीलंकामा इण्डष्ट्रियल एक्स्पो हुने भएको छ । उक्त एक्स्पोमा नेपालका प्रतिनिधीमण्डल सहभागी हुने भएका छन् । आगामी दिनमा नेपालमा पनि सोही प्रकृतिको एक्स्पो हुने र श्रीलंकाका प्रतिनिधी सहभागी हुने भएका छन् ।

Shivam Cement
Muktinath Bikas Bank Limited

दुई मुलुकबीच सेवा र औद्योगिक सहयोग बढाउने साझा चाहनालाई ध्यानमा राख्दै दुई संस्थाहरूबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा हस्ताक्षरपछि दुई संस्थाका सदस्यहरू एकअर्काको मुलुकमा व्यक्तिगत एवं सामुहिक भ्रमण गर्न सक्नेछन् । त्यसरी गरिने भ्रमणले स्थानीय र राष्ट्रिय आर्थिक गतिविधी बढाउनुका साथै दुई देशहरूसँग सम्बन्धित बजार संग सम्बन्धित तथ्याङ्क, आर्थिक विकास पहलहरू, विदेशी व्यापार र लगानी नीतिहरूमा नियमित रूपमा छलफल हुने भएको छ ।

साथै व्यापार, लगानी, सेवा, व्यापारिक सम्बन्ध, भ्रमण र व्यवसायीक समूहहरूको आदानप्रदानका साथै ब्यापार प्रवद्र्धनका सम्भाव्य गन्तब्यका बारेमा थप छलफल गरिने सम्झौतामा उल्लेख छ ।

सम्झौतापत्रमा दुई मुलुकबीच व्यापार, लगानी र औद्योगिक सहयोगको मात्रा बढाउने माध्यमहरूको खोजी गर्ने उल्लेख छ ।

साथै, एकअर्काको देशमा व्यापार मेला, प्रदर्शनी आयोजना गर्न प्रोत्साहन गर्ने योजना रहेको छ ।

सम्भव र उपयुक्त भएसम्म, सूचना आदानप्रदान गर्ने र एकअर्कालाई सहयोग गर्नुका साथै आफ्ना सदस्यहरूलाई त्यस्ता कार्यक्रमहरूमा भाग लिन प्रोत्साहित गर्ने सम्झौतामा उल्लेख छ । आ–आफ्नो देशमा आयोजना हुने अन्तर्राष्ट्रिय मेला, प्रदर्शनी र व्यापार प्रवद्र्धन कार्यक्रमहरूको आयोजना गरिने उल्लेख छ ।

सम्झौतापत्रमा उल्लेखित उद्देश्यलाई अगाडि बढाउन दुवै पक्षले नेपाल र श्रीलंकामा एकअर्काको कार्यालय र सचिवालय सुविधाहरूको उपयोग गर्न सहमत भएका छन् ।

सम्झौतामा दुवै पक्षले दुवै देशका व्यवसायीहरू बीच आउने व्यापार विवाद समाधान गर्न एकअर्कालाई मद्दत गर्ने उल्लेख छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.