काठमाण्डौ । आइतबार बागमती प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै गाईजात्राको अवसरमा उक्त दिन बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यससँगै आइतबार सेयर कारोबार समेत हुने छैन । उक्त दिन सेयर बजार, बैंक तथा वित्तीय संस्था र शैक्षिक संस्थाहरु बन्द रहनेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।