मंगलवार, भाद्र २,२०८३ 07:27:36
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 07:27:36
Bizshala
Global IME Bank Limited

घरजग्गा कारोबारबाट एकै महिनामा ३.५९ अर्ब राजश्व संकलन,ललितपुर कार्यालयबाट सबैभन्दा धेरै

घरजग्गा कारोबारबाट एकै महिनामा ३.५९ अर्ब राजश्व संकलन,ललितपुर कार्यालयबाट सबैभन्दा धेरै
New Office

काठमाण्डौ । फागुन महिनामा घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब रुपैयाँ बढी राजश्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुन महिनामा देशभरका मालपोत कार्यालयबाट ३ अर्ब ५९ करोड २६ लाख ९१ हजार ०८१ रुपैयाँ राजश्व संकलन भएको हो । माघ महिनामा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ७१ करोड बढी राजश्व संकलन गरेको थियो ।  

Bizshala
CG Motors

फागुन महिनामा सबैभन्दा धेरै राजश्व संकलन भूमिसुधार तथा मालपोत कार्यालय ललिपुरबाट भएको छ । यो कार्यालयबाट ३२ करोड ५८ लाख रुपैयाँ राजश्व संलकन भएको छ । त्यस्तै मालपोत कार्यालय चावहिल काठमाण्डौबाट २३ करोड ३० लाख र भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरबाट २३ करोड १७ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।  

फागुन महिनामा सबैभन्दा कम राजश्व संकलन गर्नेमा मालपोत कार्यालय सिर्दिवास रहेको छ । यो कार्यालयबाट १ लाख ७ हजार रुपैयाँ मात्रै राजश्व संकलन भएको छ ।  

 

फागुन महिनामा देशका मालपोत कार्यालयहरुबाट ५० हजार ९९८ लिखत पारित भएको छ । यचो महिना सबैभन्दा लिखित पारित भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा,सुनसरीबाट भएको छ । यो कार्यालयबाट २००६ लिखत पारित भएको छ । त्यस्तै भूमिसुधार तथा मालपोत कार्यालय जनपुरबाट १ हजार ९९७ र भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाबाट १ हजार ८५० लिखित पारित भएको छ ।  

सबैभन्दा कम लिखित मुस्ताङ मालपोत कार्यालयबाट भएको छ । यो कार्यालयबाट जम्मा ६ वटा लिखित पारित भएको विभागले जनाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.