बुधबार, श्रावण २०,२०८३ 12:27:24
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:27:24
Bizshala
Global IME Bank Limited

आज गाईजात्रा पर्व मनाइँदै, सेयर बजार बन्द रहने

आज गाईजात्रा पर्व मनाइँदै, सेयर बजार बन्द रहने
New Office

काठमाण्डौ । काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न सहरमा आज गाईजात्रा पर्व मनाइँदै छ । विशेषगरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वमा गाई वा गाईको चित्र अंकित तस्बिरलगायतका मानिसलाई नगर परिक्रमा गराउने चलन छ । गाईलाई नगर घुमाउनाले एक वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउछन् भन्ने विश्वास छ ।

मरेका मान्छेको घरबाट गाई या गाईको तस्बिर लगाएर हिड्नेलाई निकालेर नगर घुमाउँदा मृतआत्मा यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भत्रे विश्वास रहि आएको छ ।  

हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाउने परम्परा छ । यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माले यमलोक प्रवेश गर्न पाई मुक्ति पाउने पुराणमा उल्लेख छ ।

जात्राका दिन केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुकुन्डो, पेरुंगाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ । नगर परिक्रमा गर्दा उनीहरूले रामायणको करुण रसका गीत र अन्य भजन भजन पनि गाउने गर्छन् । दिवंगतका परिवारजनले उनीहरूको सम्झनामा क्बाँटी, स्याउ, नास्पाती, काक्रो आदि बाँढ्ने गर्छन् ।

गाईजात्रा पर्वको अवसरमा आज काठमाण्डौ उपत्यका लगायत बागगमति प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । यसर्थ आज सेयर बजारलगायतका बैंक तथा वित्तीय संस्था बन्द रहने छन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.