काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको १२ प्रतिशत दरको कुल ५५ लाख ६८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब नेप्सेमा यो कम्पनीको सूचीकृत सेयर संख्या ५ करोड १९ लाख ६८ हजार कित्ता पुगेको छ ।
सूचीकृत बोनस सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।