मंगलवार, भाद्र २,२०८३ 07:25:25
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 07:25:25
Bizshala
Global IME Bank Limited

रौतहटमा मनि ट्रान्सफर सञ्चालकको कञ्चटमा गोली प्रहार, तीन भारतीय लुटेरा पक्राउ

रौतहटमा मनि ट्रान्सफर सञ्चालकको कञ्चटमा गोली प्रहार, तीन भारतीय लुटेरा पक्राउ
New Office

काठमाण्डौ । रौतहटमा एक मनि ट्रान्फसरका सञ्चालकमाथि लुटपाटको उद्देश्यले गोली प्रहार भएको छ ।  

स्थानीय शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि भारतीय हतियारधारी समूहले गोली प्रहार गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एलिजा गिरीका अनुसार पेस्तोलसहित भारतबाट आएको तीनजनाको समूहले रौतहटको परोहा ९ मा रहेको मनि टान्सफरमा लुटपाट गरेको थियो । सो क्रममा सञ्चालक साहले प्रतिकार गर्न खोजेका थिए । त्यसपछि हतियारी समूहले साहको कञ्चटमा गोली प्रहार गरेको थियो । 

Bizshala
CG Motors

गोली प्रहार गरी गम्भीर घाइते साहलाई उपचारका लागि वीरगञ्ज लगिएको छ । अस्पतालले उनको अवस्था खतरामुक्त रहेको आफूहरुलाई जानकारी दिएको डिएसपी गिरीले जानकारी दिइन्।  

उनका अनुसार लुटपाट र गोली प्रहारमा संलग्न तीनैजनालाई हतियारसहित प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका तीनैजना भारतको बिहार राज्यस्थित मोतिहारीको स्थायीबासी रहेका पत्ता लागेको समेत गिरीले जानकारी दिइन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.