काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गर्दै पेट्रोल महँगो र डिजेल/मट्टितेल सस्तो बनाएको छ। निगमले शुक्रबार राति १२:०१ बजेबाट लागू हुने गरी नयाँ मूल्य लागू गरेको जनाएको छ।
इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढेको छ भने डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटेको निगमले जानकारी दिएको छ।
निगमका अनुसार पहिलो र दोस्रो श्रेणीका लागि पेट्रोलको खुद्रा मूल्य क्रमशः १७६ रुपैयाँ ५० पैसा र १७८ रुपैयाँ ५० पैसा कायम गरिएको छ। तेस्रो श्रेणीमा भने पेट्रोलको मूल्य १७९ रुपैयाँ ५० पैसा हुनेछ। यस्तै, डिजेल/मट्टितेलको मूल्य पहिलो र दोस्रो श्रेणीमा १६९ रुपैयाँ ५० पैसा र तेस्रो श्रेणीमा १७० रुपैयाँ ५० पैसा तोकिएको छ।
नयाँ मूल्य विवरण:
-पेट्रोल: प्रतिलिटर रु. २ वृद्धि
-डिजेल/मट्टितेल: प्रतिलिटर रु. १ कमी
-नयाँ दरहरू ३० साउन राति १२:०१ बजेबाट लागू हुनेछन्।