Bizshala
  • शनिबार, पुष २६,२०८२ 03:01:07
Bizshala
Global IME Bank Limited

सरकारलाई टिफा बैठकमा गरिएका प्रतिबद्धता तत्काल कार्यान्वयन गर्न नेपाल-अमेरिका चेम्बरको आग्रह

Hyundai Nepal
सरकारलाई  टिफा बैठकमा गरिएका प्रतिबद्धता तत्काल कार्यान्वयन गर्न नेपाल-अमेरिका चेम्बरको आग्रह
Shivam Cement

काठमाण्डौ । अमेरिका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले गत सेप्टेम्बरमा सम्पन्न व्यापार तथा लगानी रूपरेखा सम्झौता परिषद्को बैठकमा गरिएका प्रतिबद्धताहरू तत्काल कार्यान्वयन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ।आज एक विज्ञप्ति जारी गर्दै चेम्बरले मन्त्रालयलाई सो आग्रह गरेको हो।

सो बैठकमा व्यापार र लगानी आकर्षित गर्न विशेष गरी बौद्धिक सम्पत्ति(गहन उद्योगहरूमा प्रभावकारी बौद्धिक सम्पत्ति अधिकार संरक्षण र कार्यान्वयनको महत्वलाई मूख्य कारकको रूपमा जोड दिइएको थियो।

चेम्बरले बौद्धिक सम्पत्तिसँग सम्बन्धित कानुनी र संस्थागत सुधारमा नेपालको बौद्धिक सम्पत्ति कार्यालयभित्र स्थिरता र विश्वसनीयता बढाउन ट्रेडमार्क प्रशासनमा सुधार र प्राविधिक विशेषज्ञताको विकासमार्फत परीक्षण आवश्यक रहेको बताएको छ।

CG Motors
Bizshala
Garima Development Bank

चेम्बरले लामो समयदेखि बौद्धिक सम्पत्ति अधिकार सम्बन्धी मुद्दाहरूमा विभिन्न सेमिनार र कार्यशालाहरू आयोजना गर्दै अन्तर्राष्ट्रिय तथा स्वदेशी कम्पनी ट्रेडमार्क र लेबलहरूको प्रयोग तथा दुरुपयोगको बारेमा व्यापारिक समुदायमा जागरूकता जगाएर बौद्धिक सम्पत्ति अधिकारको बलियो संरक्षणको लागि वकालत गर्दै आएको छ।

‘ट्रेड मार्क र नक्कली लेबलहरूको अनुचित प्रयोगले नेपालको छविलाई घरेलु रूपमा मात्र हानि नभई अन्तर्राष्ट्रिय स्तरमा यसको प्रतिष्ठालाई पनि कमजोर बनाउँछ, जसले गर्दा सम्भावित विदेशी लगानी निरुत्साहित हुन्छ’, चेम्बरले विज्ञप्तिमा भनेको छ।  

यसै सम्बन्धमा काठमाण्डौ महानगरपालिकाले जारी गरेको गलत ब्राण्डिङ, लेबलिङ र भ्रामक विज्ञापन बारे सूचनाले आफ्नो ध्यानाकर्षण गरेको चेम्बरका महासचिव सञ्जय कुमार अग्रवालले बताए।

‘यस विषयमा काठमाण्डौ महानगरपालिकासँग हाम्रो ऐक्यबद्धता व्यक्त गर्दछौं,’ उनले भने ‘सबै सम्बन्धित सरोकारवालाहरूलाई अन्तर्राष्ट्रिय र स्वदेशी कम्पनी ट्रेडमार्क र लेबलहरूको अनधिकृत प्रयोगबाट टाढा रहन समेत आग्रह गर्दछौं।’

New Office
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.