आईतवार, आश्विन २५,२०८३ 05:58:21
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 05:58:21
Bizshala
Global IME Bank Limited

हाइड्रो समूहमा लगानीकर्ताको आकर्षण, २९६.२७% ले बढ्यो कारोबार

Bizshala
हाइड्रो समूहमा लगानीकर्ताको आकर्षण, २९६.२७% ले बढ्यो कारोबार
New Office

काठमाण्डौ । गत आर्थिक वर्षमा २० खर्ब भन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेमा सूचीकृत १३ समूहका कम्पनीहरुको कुल २० खर्ब ८८ अर्ब १५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको हो । यो कारोबार रकम अघिल्लो आवको तुलनामा १९१.५६ प्रतिशत बढी हो । अघिल्लो आवमा सूचीकृत १३ समूहका कम्पनीहरुको ७ खर्ब १७ अर्ब २ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।  

सबैभन्दा बढी हाइड्रो समूहको मात्रै ८ खर्ब २२ अर्ब ९९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । यो रकम अघिल्लो आवको तुलनामा २९६.२७ प्रतिशत बढी हो । तुलनात्मक रुपमा पनि यो समूहको कारोबार रकम नै उच्च वृद्धि भएको छ ।  

अघिल्लो आवमा हाइड्रो समूहको २ खर्ब ७ अर्ब ६८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । नेप्सेमा ९२ वटा हाइड्रो कम्पनी सूचीकृत छन् । यसकारण पनि यो समूहको सर्वाधिक कारोबार देखिएको हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

साथै, सेयरबजारमा अल्पकालिन लगानीकर्ता हाबी हुनु र दीर्घकालिन लगानी भन्दा बढी ट्रेडरहरुको संख्या बढ्न थालेपछि त्यस्ता ट्रेडरहरुले कारोबारका लागि बढी हाइड्रो कम्पनी नै रोज्ने हुँदा पनि यो समूहको कारोबार रकम उच्च देखिएको हो ।  

त्यस्तै, वाणिज्य बैंकहरुको पनि १ खर्ब ९१ अर्ब २८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । यो कारोबार रकम अघिल्लो आवको तुलनामा १८६.१६ प्रतिशत बढी हो ।  

यसका साथै, फाइनान्स समूहको १ खर्ब ६९ अर्ब २४ करोड, लगानी समूहको १ खर्ब ६३ अर्ब ६६ करोड, विकास बैंक समूहको १ अर्ब ६१ अर्ब ७० करोड, लघुवित्त समूहको १ खर्ब ३१ अर्ब ५६ करोड, अन्य समूहको १ खर्ब २६ अर्ब ८३ करोड, जीवन बीमा समूहको १ खर्ब ११ अर्ब ६० करोड, उत्पादन तथा प्रशोधन समूहको ७९ अर्ब ६ करोड, निर्जीवन बीमा समूहको ७५ अर्ब ३६ करोड, होटल तथा पर्यटन समूहको ४३ अर्ब २ करोड, व्यापार समूहको ६ अर्ब ३५ करोड र म्युचुअल फण्ड समूहको ५ अर्ब ४५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा सबैभन्दा बढी कारोबार बढ्ने समूहमा हाइड्रो समूह नै रहेको छ । यो समूहको कारोबार २९६.२७ प्रतिशत वृद्धि भएको छ ।  

साथै विकास बैंक समूहको २८६.८० प्रतिशत, लगानी समूहको २५९.५८ प्रतिशत, अन्य समूहको २२१.१३ प्रतिशत, म्युचुअल फण्ड समूहको १९०.८९ प्रतिशत, वाणिज्य बैंक समूहको १८६.१६ प्रतिशत, फाइनान्स समूहको १६४.३५ प्रतिशत वृद्धि भएको छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.