काठमाण्डौ । ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिको ५१ प्रतिशत संस्थापक सेयर खरिद गर्ने भएको छ । यससम्बन्धी दुबै कम्पनीबीच भदौ १० गते सेयर खरिद सम्झौता सम्पन्न भएको छ ।
कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिले म्याग्दी र मुस्ताङ्ग जिल्ला स्थित कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको अर्धजलाशययुक्त कालीगण्डकी गर्ज हाइड्रोपावर प्रोजेक्टको विकास तथा निर्माण गरिरहेको छ । सो आयोजनाको विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त भईसकेको छ ।
लक्ष्मी सनराईज बैंकको अगुवाईमा विभिन्न बैंकहरुको सहवित्तियकरण समूहले सो आयोजनामा लगानी गर्ने गरी यस अघिनै वित्तिय व्यवस्थापनको कार्य सम्पन्न भईसकेको छ ।
सो आयोजनाको अनुमानित कुल लागत रु. ३९ अर्ब ५० करोड रहेको छ । यसमा ऋण तथा स्वपूँजीको अनुपात ७५ः २५ रहनेछ । यो आयोजनाको निर्माणवाट देशको उर्जा क्षेत्रको विकासमा उल्लेख्य योगदान पुग्ने विश्वास लिइएको छ ।