शनिबार, श्रावण २३,२०८३ 01:37:21
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 01:37:21
Bizshala
Global IME Bank Limited

चिनियाँ स्टक एक दशककै उच्च

चिनियाँ स्टक एक दशककै उच्च
New Office

काठमाण्डौ । चिनियाँ स्टकहरु एक दशककै उच्च कायम भएका छन् । सरकार समर्थित संस्थाहरुको सहयोग र ठूला लगानीकर्ता बजार प्रवेशका कारण चिनियाँ सेयर बजारमा सूचीकृत कम्पनीहरुको सेयरमूल्य एक दशककै उच्च पुगेको हो ।  

यतिबेला चिनियाँ सेयरबजारमा रिटेल मनि समेत बिस्तारै प्रवेश भईरहेकाले यसले लामो समय सुस्ताएको बजारलाई पुनर्जिवित गराउने विश्वास गरिएको छ । रोयटर्सका अनुसार साङघाई कम्पोजिट इन्डेक्समा कारोबार गर्ने कम्पनीहरुको सेयरमूल्यमा राम्रो वृद्धि देखिएको छ ।  

बैंकहरमा रहेको न्यून ब्याजदरका कारण लगानीकर्ताले बिस्तारै आफ्नो लगानी सेयरबजार तर्फ लगाउने विश्लेषकहरुले बताएका छन् ।  

यतिबेला आउटस्ट्याण्डिङ मार्जि फाइनान्सिङ २.१८ ट्रिलियन युआन(३०४.७७ बिलियन डलर)पुगेको छ । जुन सन् २०१५ पछिकै उच्च हो । यस्तै चिनियाँ बोण्डको तुलनामा स्टकको प्रतिफल समेत बढी रहेको छ ।  

चिनियाँ बीमक, म्युचुअल फण्ड र ईटीएफले लगानी गरेका कम्पनीहरुको सेयरमूल्य बढेका छन् । सरकारले संस्थागत लगानीकर्ताको मनोबल बढाउने गरी नीतिहरु ल्याएकाले यस्तो भएको जनाइएको छ ।  

यतिबेला चिनियाँ बजारमा अल्पकालिन भन्दा पनि दीर्घकालिन लगानीको दबदबा रहेको जनाइएको छ । यस्तै नयाँ दर्ता भएका प्राइभेट सेक्युरिटीहरु जुलाई महिनामा सन् २०२१ पछिकै उच्च पुगेको छ । यसले उच्च नेटवर्थ भएका लगानीकर्ता समेत बजार प्रवेश गरेको संकेत गरेको छ ।  

यद्यपी रिटेल लगानीकर्ताले अपेक्षा अनुरुप नयाँ खाता भने खोलिरहेका छैनन् । यस्तै विदेशी लगानीकर्ताले पनि ठूलो लगानी गरेका छैनन् । यसले ठूलो लगानी साइडलाइनमा रहेको र त्यो जुनसुकै बेला पनि बजार प्रवेश गर्न सक्ने सम्भावना रहेको जनाइएको छ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.