बुधबार, आश्विन २९,२०८२ 10:43:02
IME remit
  • बुधबार, आश्विन २९,२०८२ 10:43:02
IME remit
Global IME Bank Limited

अमेरिकी सेयर बजार हालसम्मकै उच्च

Hyundai Nepal
अमेरिकी सेयर बजार हालसम्मकै उच्च
Shivam Cement

काठमाण्डौ । अमेरिकी सेयर बजार नयाँ उचाईमा पुगेको छ । बिहिबारको कारोबारमा अमेरिकी सेयर बजार मापक इन्डेक्स डाउ जोन्स इन्डष्ट्रियल एभरेज र एस एण्ड पी ५०० इन्डेक्स नयाँ उचाईमा बन्द भएका हुन् ।  

एस एण्ड पी५०० इन्डेक्स ०.३२ प्रतिशतले बढेर ६५०१ विन्दुमा पुगेको छ । एस एण्ड पी५०० मा सूचीकृत ११ वटा सेक्टरमध्ये ७ वटा बढे । यो दिन कम्युनिकेशन सर्भिसेस सेक्टर सबैभन्दा धेरै बढ्यो । यो सेक्टर ०.९४ प्रतिशतले बढ्यो भने इनर्जी सेक्टर पनि ०.६८ प्रतिशतले बढ्यो ।

Shivam Cement
Bizshala
CG Motors

यस्तै डाउ जोन्स इन्डष्ट्रियल एभरेज पनि ०.१६ प्रतिशतले बढेर ४५,६३६ विन्दुमा पुगेको छ ।  

टेक कम्पनीको कारोबार हुने नास्डक कम्पोजिट पनि ०.५ प्रतिशतले बढ्यो र आफ्नो हालसम्मकै उच्च विन्दु पुग्नबाट ८ प्वइन्टले मात्रै पछि पर्यो ।  

अमेरिकी दिग्गज टेक कम्पनी एनभिडियाको सेयरमूल्य भने १ प्रतिशतले घटेको छ । कम्पनीको राम्रो वित्तीय विवरण सार्वजनिक भएतापनि सेयरमूल्य भने घट्न पुग्यो ।  

तर अन्य मेगा क्याप टेक कम्पनीको सेयरमूल्य भने बढे । चिप निर्माता ब्रोडकमको सेयरमूल्य झण्डै ३ प्रतिशतले बढ्यो भने अल्फाबेटको २ प्रतिशत, एप्पल र अमेजनको समान १ प्रतिशतले बढ्यो । मेटा प्लेटफर्म र टेस्लाको सेयरमूल्य भने १ प्रतिशतले खस्कियो ।  

यतिबेला अमेरिकी लगानीकर्ताको नजर छिट्टे सार्वजनिक हुने आर्थिक प्रतिवेदनमाथि छ । उक्त प्रतिवेदनले देखाउने रोजगारीको अवस्था र जीडीपीको तथ्यांकको आधारमा फेडरल रिजर्भले ब्याजदर कटौतीको निर्णय गर्ने भएकाले लगानीकर्ता प्रतिवेदनको प्रतिक्षामा छन् । गत साता फेड अध्यक्षले ब्याजदरमा कटौती गर्नसक्ने संकेत गरेका थिए ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.