बुधबार, असार १०,२०८३ 11:19:02
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:19:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआइएमबी एस क्यापिटल, पायोनियर ल एसोसियट्स र इक्रा नेपालद्वारा ‘रोड टु आईपीओ’ कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
एनआइएमबी एस क्यापिटल, पायोनियर ल एसोसियट्स र इक्रा नेपालद्वारा ‘रोड टु आईपीओ’ कार्यक्रम सम्पन्न

काठमाण्डौ । एनआइएमबी एस क्यापिटल लिमिटेडले पायोनियर ल एसोसियट्स र इक्रा नेपालसँगको सहकार्यमा २९ अगस्त २०२५ मा होटल एलफ्ट मा ‘रोड टु आईपीओ’ नामक कार्यशाला सफलतापूर्वक आयोजना गरेको छ। उक्त कार्यक्रममा विशेष गरि कर्पोरेट संथाका सहभागीहरुलाई प्राथमिक सार्वजनिक निष्काशनको प्रकृया मार्फत आफ्ना कम्पनीलाई सूचिकृत गर्नका लागि आवश्यक प्रक्रियागत जानकारी र रणनीतिक मागएदर्शन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।

New Office
CG Motors
Garima Development Bank

कार्यक्रमको उद्घाटन एमआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेलले गरेका थिए । उनले आईपीओको महत्वको बारेमा आफ्नो विचार व्यक्त गर्दै यसले कम्पनीको दिर्घकालिन रणनीतिलाई आकार दिई पूँजी निर्माणमा सहयोग हुने तथा समग्र आर्थिक विकासमा टेवा पुग्नेमा जोड दिए ।

पायोनियर ल एसोसियट्सका म्यानेजिङ पार्टनर अनुप राज उप्रेतीले सार्वजनिक निष्काशनका कानूनी पक्षहरु र यसका लागि प्रचलित कानूनी व्यवस्थाका महत्वपूर्ण विषयहरुमा प्रकाश पारे । 

एनआइएमबी एस क्यापिटलका डीसीईओ सचिन्द्र ढुंगानाले संस्थागत सुशासन, सार्वजनिक निष्काशन गर्न उपयुक्त समय, निष्काशन विधिहरु, पूँजी संरचना, मूल्य निर्धारण र समयरेखा जस्ता क्षेत्रहरुमा चर्चा गरे । 

यसका अतिरिक्त इक्रा नेपालका रेटिङ डिभिजनका प्रमुख राजिव महर्जनले कम्पनीको वित्तीय स्थितिले कसरी क्रेडिट रेटिङ्ग र लगानीकर्ताको धारणामा प्रभाव पार्नेमा महत्वपूर्ण भूमिका खेल्दछ भन्ने बारेमा प्रस्तुत गरे ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.