शनिबार, कार्तिक २८,२०८३ 03:20:25
  • शनिबार, कार्तिक २८,२०८३ 03:20:25
Global IME Bank Limited

अमेरिकाबाट निकालिए थप ३७ नेपाली, बुधबार स्वदेश आइपुग्ने

Bizshala
अमेरिकाबाट निकालिए थप ३७ नेपाली, बुधबार स्वदेश आइपुग्ने
New Office

काठमाण्डौ । अमेरिकाबाट थप ३७ जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको छ। अमेरिकी इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (ICE) ले उनीहरूलाई चार्टर विमानमार्फत बुधबार (सेप्टेम्बर ३) नेपाल पठाउने तयारी गरेको हो।

नेपाल अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ओम्नी एयरको चार्टर फ्लाइट ‘उडान नम्बर N828AX’ बाट उनीहरूलाई ल्याइनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि हालसम्म २०० भन्दा बढी नेपाली नागरिकलाई यसैगरी फिर्ता पठाइसकिएको छ। अहिलेसम्म डिपोर्ट हुने नेपाली २८ जिल्लाका रहेका छन्, जसमा सबैभन्दा धेरै दाङ, पश्चिम रुकुम र पूर्वी रुकुमका नागरिक छन्।

प्रहरीका अनुसार डिपोर्ट भएकामध्ये धेरैजसो व्यक्तिहरू संगठित दलाल समूहलाई ठूलो रकम बुझाएर अवैध बाटो (तल्लो रुट) हुँदै अमेरिका प्रवेश गरेका थिए।

ट्रम्प प्रशासनले २० जनवरी २०२५ मा दोस्रो कार्यकालका लागि पदभार सम्हाल्दै गैरकानुनी रूपमा बसोबास गर्दै आएका आप्रवासीलाई निष्कासन गर्ने नीति कडाइका साथ लागू गरेको हो। सो क्रममा नेपालसहित विभिन्न देशका १४ लाख ४५ हजारभन्दा बढी आप्रवासीलाई निष्कासनको सूचीमा राखिएको र धरपकड अभियान सञ्चालन गरिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्।

Garima Development Bank
Bizshala
IME remit

यस सूचीमा सबैभन्दा धेरै मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस र भेनेजुएलाका नागरिक छन्। ICE ले पछिल्लो समय डिपोर्ट आदेश पाइसकेका तर पक्राउ नपरेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सम्बन्धित मुलुकमा पठाउने अभियानलाई तीव्र पारेको छ। पहिलो चरणमा २४ जुन २०१५ पछि अमेरिका प्रवेश गरेका र अमेरिका छाड्नुपर्ने आदेश पाइसकेका कागजातविहीन आप्रवासीलाई प्राथमिकतामा राखिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.