काठमाण्डौ । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नहुने सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णय गरेको छ। बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
सरकारले पछिल्लो पटक गत भदौ ११ गते सामाजिक सामाजिक सञ्जालहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता हुन सात दिनको समय दिएको थियो उक्त अल्टिमेटम बुधबार राती १२ बजे समाप्त भईसकेको छ ।
त्यअघि पनि सरकारले पटक–पटक सामाजिक सञ्जालहरुलाई दर्ता हुन आह्वान गरेको थियो ।