काठमाण्डौ । तपाई देशको संघीय राजधानी काठमाण्डौमा बस्नुहुन्छ ? यदि यो क्षेत्रको बासिन्दा हुनुहुन्छ भने घरमा बस्दा ठूलो आवाजमा खोक्नु भयो, राति ट्वाइलेट फ्लस गर्दा ठूलो आवाज निकाल्नुभयो र एकाबिहानै प्रेसर कुकरको सिठी लगाउनुभयो भने तपाईले ठूलो रकम जरीवाना तिर्नुपर्ने हुनसक्छ ।
काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एक सूचना प्रकाशित गर्दै शान्त तथा अवरोधमुक्त छिमेकी अभियानको घोषणा गर्दै ध्वनि प्रदूषण हुने तथा छिमेकीलाई डिस्टर्ब हुने गतिविधि नगर्न आह्वान गरेको हो । यदि कसैले यस्तो आह्वानको उल्लंघन गरेर प्रहरीमा उजुरी दिए उल्लंघनकर्ताले कानूनी कारबाहीसँगै रु. ३ लाखसम्मको जरीवाना भर्नुपर्नेछ ।
प्रहरीले ५ वटा बुँदामा काठमाण्डौ उपत्यकामा गर्न नहुने कामहरुको सूची समेत सार्वजनिक गरेको छ । जसमा बिहानको नित्य कर्म गर्दा अनावश्यक खोक्ने र खकार्ने काम नगर्न भनिएको छ । यस्तै, राति अबेर शौचालयमा भरसक फ्लस नगर्न, गरिहाल्नु परे पनि ठूलो आवाज ननिकाल्न, गेट खोल्दा आवाज ननिकाल्न भनिएको छ ।
उपत्यकामा गर्न नहुने कामको सूची यस्तो छः
