काठमाण्डौ । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ। शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दिएका हुन्।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संचार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई विपक्षी बनाएर सरकारको निर्णयलाई खारेज गर्दै पूर्ववत् अवस्थामा सञ्चालनका लागि आदेश माग गरेका छन्।
त्रिपाठीले पेश गरेको रिट दर्ता प्रक्रियामा रहेको छ। सरकारले यसअघि भदौ १९ गते फेसबुक, युट्युब, वाट्सएप, इन्स्टाग्राम लगायतका २६ वटा एप बन्द गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयपश्चात इन्टरनेट प्रदायक कम्पनीहरूले क्रमशः सामाजिक सञ्जाल बन्द गर्न थालेका छन् ।