सोमबार, फाल्गुन ४,२०८२ 04:13:00
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 04:13:00
Bizshala
Global IME Bank Limited

जेन-जीलाई माइतीघरमा प्रदर्शनको अनुमति, दुर्गा प्रसाईंको घोषणाले अराजकताको डर !

जेन-जीलाई माइतीघरमा प्रदर्शनको अनुमति, दुर्गा प्रसाईंको घोषणाले अराजकताको डर !
Shivam Cement

काठमाण्डौ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार र नेतातहका परिवारको भोगबिलासी जीवनशैलीविरुद्ध जेन-जी पुस्ताले सोमबार माइतीघरमा प्रदर्शन गर्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका केही विद्यार्थीहरूले प्रदर्शनको अनुमति मागेपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले निषेधित क्षेत्र बाहेक शान्तिपूर्ण प्रदर्शन गर्न स्वीकृति दिएको पुष्टि गरेका छन्।

रिजालले भने, ‘भोलिको प्रदर्शनका लागि उहाँहरू आउनु भएको थियो। निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिएका छौं।’

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यसबीच, व्यापारी दुर्गा प्रसाईंले जेन-जी अभियानमा सहभागी हुने संकेत गरेपछि आन्दोलनको तयारीमा रहेका युवाहरू त्रसित भएका छन्। प्रसाईंले आइतबार फेसबुकमा ‘जेनजेडसँगै दुर्गा प्रसाईं’ भन्दै स्टाटस लेखेपछि नयाँ पुस्तामा खैलाबैला मच्चिएको हो।

१५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा प्रहरीले मुख्य अभियुक्त बनाएका प्रसाईंजस्ता विवादास्पद व्यक्तिहरू आउँदा आन्दोलनको सन्देश फरक दिशामा जान सक्ने वा अप्रिय परिस्थिति सिर्जना हुनसक्ने भन्दै जेन-जी युवाहरूले चिन्ता व्यक्त गरेका छन्।

प्रदर्शनलाई शान्तिपूर्ण बनाउन जेन-जी युवाहरू आइतबार अपराह्न माइतीघर मण्डलामा भेला भएर बैठक समेत बसेका थिए। बैठकमा कतिपयले स्वतःस्फूर्त हुने प्रदर्शन भएकाले जो–कोही आउन पाउने विचार राखे भने केहीले प्रसाईंजस्ता व्यक्तिलाई अगाडि देखिन नहुने मत राखेका थिए। उनीहरूको भनाइमा, ‘हाम्रो उद्देश्य समाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्ध खबरदारी गर्नु हो। यो कुनै पार्टी वा विचारधारासँग जोडिएको आन्दोलन होइन।’

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

युवाहरूले आफ्नो एजेण्डा अपहरण हुनसक्ने भन्दै सतर्कता आवश्यक भएको बताएका छन्। उनीहरूको भनाइमा, आन्दोलनमा सहभागी हुने भए पनि सबैले पार्टीगत वा समूहगत झन्डा छोडेर साझा मुद्दामा आउनुपर्ने छ।

प्रसाईंले भने फेसबुकमार्फत भ्रष्टाचारविरुद्धको महाअभियानलाई समर्थन गर्दै देश र जनताको पक्षमा आफैं सरिक हुने बताएका छन्। उनले १५ चैतमा भएको जस्तो दमन नहोस् भन्दै तीन वर्षअघि उठाइएको आवाज अहिले पुनः सामाजिक सञ्जालमार्फत प्रतिध्वनित भइरहेको दाबी गरेका छन्।

-फोटो: एआई

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.