काठमाण्डौ । साताको पहिलो कारोबार दिनमै बजारले ओरालो यात्रा समात्यो । नेप्सेमा लगातार गिरावट आएको आज चौथो कारोबार दिन समेत हो ।
पछिल्लो ४ कारोबार दिनमा बजार ५३.६ अंकले घटिसकेको छ ।
प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा इन्भर्टेड ह्याम्मर क्याण्डल बनेको छ । यसअघि सपोर्ट जोनमा नै स्पिनिङ टप क्याण्डल बनेको थियो । यी दुबै क्याण्डल भनेका रिभर्सल प्रकृतिका क्याण्डल हुन् ।
यदि बजारमा डोजी तथा ह्यामर प्रकृतिको क्याण्डल बनेमा बजारले रिभर्सलको सम्भावना रहन्छ । यसअघि पनि असार महिनामा यस्तै प्रकृतिका क्याण्डलहरु बनेपछि बजारमा सुधार आएको थियो ।
म्याक्डीमा बियरिस प्रकृतिको क्याण्डल क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआई ओभरसोल्ड जोन ३७ को तहमा चलेको छ । कारोबार तथा भोल्यूमबाट नियाल्दा पछिल्लो समय लगतार बजारमा चार अर्ब आसपास कारोबार भएको छ ।
यसले बजारमा बिक्री गर्नेहरु पछि हट्दै गएको बुझिन्छ । पिभट्मार्फत नियाल्दा आज २७०८ मा बन्द भएको बजार घटेमा क्रमशः २६८४,२६४८ र २५९५ मा सपोर्ट लिनसक्छ । त्यसैगरी बढेमा क्रमश: २७३७, २७७३ र २८३७ मा प्रतिरोध सामना गर्नसक्छ ।
(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।)