सोमबार, भाद्र २३,२०८२ 08:25:16
  • सोमबार, भाद्र २३,२०८२ 08:25:16
Global IME Bank Limited

प्रहरीको दमनबाट २ जेनजी प्रदर्शनकारीको मृत्यृ, मृतकको संख्या अझै बढ्नसक्ने

Hyundai Nepal
प्रहरीको दमनबाट २ जेनजी प्रदर्शनकारीको मृत्यृ, मृतकको संख्या अझै बढ्नसक्ने
Shivam Cement

काठमाण्डौ । जेनजीले काठमाण्डौमा गरेको प्रदर्शनमा प्रहरीले दमन गरी गोली चलाउँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । अरु केहीको पनि मृत्यु भएको बताइए पनि त्यसको स्वतन्त्र पुष्टि भइसकेको छैन । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बानेश्वर प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा गम्भीर घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो ।  

मृत्यु भएकामध्ये एकजना धनकुटाका पारुहाङ उथुमी राई नाम गरेका प्रदर्शनकारी रहेका बताइएको छ । मृतक अर्को व्यक्तिको भने पहिचान हुन सकेको छैन । 

कतिपयले प्रहरीको गोली लागेर केहीको प्रदर्शनस्थलमै मृत्यु भएको समेत दाबी गरिरहेका छन् । अरु केही गम्भीर घाइतेको पनि उपचारका क्रममा मृत्यु भएको बताइए पनि यसको स्वतन्त्र पुष्टि भइसकेको छैन ।  

प्रहरीले जेनजी पुस्तामाथि गरेको दमनका क्रममा गोली लागेर ८० जनाभन्दा बढी घाइते भएका छन् ।  

प्रहरीतर्फ पनि करिब १५ जना घाइते भएका दाबी गरिएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.