बुधबार, आश्विन २९,२०८२ 06:27:41
IME remit
  • बुधबार, आश्विन २९,२०८२ 06:27:41
IME remit
Global IME Bank Limited

वैदेशिक रोजगारीमा रहेकालाई जारी गरिएको श्रीनगर एग्रोटेकको आईपीओ बाँडफाँड

Hyundai Nepal
वैदेशिक रोजगारीमा रहेकालाई जारी गरिएको श्रीनगर एग्रोटेकको आईपीओ बाँडफाँड
Shivam Cement

काठमाण्डौ । श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत भदौ ११ गतेदेखि भदौ १५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको आईपीओ आज बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड भएको हो ।  

उक्त आईपीओमा ६४ हजार ८१२ जना आवेदकले १० लाख १५ हजार ४७० कित्ता सेयरका लागि आवेदन दिएका छन् । जसमध्ये ६४ हजार ७९९ सदर आवेदकबाट परेको १० लाख १५ हजार २६० कित्ताका लागि आवेदन परेको छ ।  

यसरी १३ जना आवेदकबाट २१० कित्ताका लागि परेको आवेदन बदर भएको छ । यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार मागभन्दा बढी आवेदन परेकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट भएको छ । जसअनुसार ३० हजार ९९३ आवेदकलाई १० कित्ताका दरले ३ लाख ९ हजार ९३० कित्ता बाँडफाँड भएको छ । बाँकी ८ जनालाई भने थप १/१ कित्ताका दरले ८ कित्ता बाँडफाँड भएको बिक्री प्रबन्धकले जनाएको छ ।  

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत साउन १३ गते ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको प्रति सेयर रू. १०० अंकित दरका ३२ लाख ६२ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।    

जसमध्ये जारीपूँजीको १ प्रतिशत अर्थात रु. १०० अंकित दरका १ लाख ६३ हजार १२५ सय कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानिय बासिन्दाका लागि र सर्वसाधारणका लागि छुट्टाइएको ३० लाख ९९ हजार ३७५ कित्ता सेयरमध्येको १० प्रतिशत अर्थात रु. १०० अंकित दरका ३ लाख ९ हजार ९३८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिएको थियो ।    

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.