सोमबार, फाल्गुन ४,२०८२ 04:13:00
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 04:13:00
Bizshala
Global IME Bank Limited

१८ जनाको मृत्युपछि बोल्यो मानवाधिकार आयोग, ‘बानेश्वर घटनामा सरकारबाट अत्यधिक बल प्रयोग भयो’

१८ जनाको मृत्युपछि बोल्यो मानवाधिकार आयोग, ‘बानेश्वर घटनामा सरकारबाट अत्यधिक बल प्रयोग भयो’
Shivam Cement

काठमाण्डौ । प्रहरीको अन्धाधुन्ध गोली प्रहारबाट १८ जना जेनजी आन्दोलनकारीको मृत्यु भएपछि मात्र राष्ट्रिय मानवअधिकार आयोग बोलेको छ ।  

अरुबेला यस्ता प्रदर्शनअघि वा समयमै सरकार वा सम्बन्धित निकायलाई खबरदारी गर्ने आयोग १८ जना जेनजीको मृत्यु भएको र २ सय बढी घाइते भएका खबरहरु सार्वजनिक भएपछि मात्र बोल्न बाध्य भएको हो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यसो त आयोगले यसपटक देखाएको कार्यशैलीको विभिन्न क्षेत्रबाट विरोध भइरहेको छ । सरकारले बानेश्वर प्रदर्शनमा बल प्रयोग गरी आन्दोलनलाई दबाउँदा समेत आयोग नबोलेको भनेर कतिपयले उसको आलोचना गरेका थिए ।

आलोचनाकै बीच आयोगले एक विज्ञप्ति सार्वजनिक गर्दै प्रदर्शनकारीमाथि ‘अत्यधिक’ बल प्रयोग गर्ने कार्य रोक्न सरकारलाई निर्देशन दिएको हो । उसले जेनजीहरुलाई लक्षित गरी प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउन समेत आग्रह गरेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आयोगले जेनजीको प्रदर्शनका क्रममा तोडफोड र आगजनी हुनुलाई समेत 'दुःखद' भनेको छ । 'प्रदर्शनकारीहरु संसद भवन प्रवेश गर्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज, पानीको फोहोरा,अश्रुग्यास र गोली प्रहार गरेको अनुगमनको क्रममा पाइएको छ ।' आयोगले भनेको छः'प्रहरीको गोली लागी दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको र दर्जनौ व्यक्तिहरु घाइते भएको जानकारी प्राप्त भएको छ ।'  

आयोगले लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजहरुलाई समयमै पहिचान गरी त्यसप्रकारका विमतिका आवाजहरुको समयमै यथोचित सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै अगाडि भनेको छः'यसप्रकारका प्रदर्शनहरु तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद छ ।'  

 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.