बुधबार, आश्विन २९,२०८२ 07:40:11
IME remit
  • बुधबार, आश्विन २९,२०८२ 07:40:11
IME remit
Global IME Bank Limited

रिपोर्टर डायरी: राजनीतिको रोटी सेक्न खोज्दा रगतमा लतपतियो बानेश्वर, जेनजी बने 'बलीको बोका'

Hyundai Nepal
रिपोर्टर डायरी: राजनीतिको रोटी सेक्न खोज्दा रगतमा लतपतियो बानेश्वर, जेनजी बने 'बलीको बोका'
Shivam Cement

-मनिष सोती

 

काठमाण्डौ । सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र चरम भ्रष्टाचारको विरोधमा ‘जेन–जी’ (सन् १९९७–सन् २०१२ सम्म जन्मिएका पुस्ता)को आजको विरोध प्रदर्शनले उग्र रुप लिएको छ ।  

सेप्टेम्बर ८ तारिख(भदौ २३)को मिति तोकेर जेन–जीले काठमाण्डौको माईतीघर मण्डला हुँदै बानेश्वर संसद भवनसम्म विरोध गर्ने निर्णय गरेसँगै म बिहान साढे ९ बजेतिर माइतीघर पुगेँ ।  

त्यो बेलासम्म जेनजीहरुको उपस्थिति सामान्य देखिन्थ्यो । करिब १५ सय जतिको उपस्थिति रहेको माइतीघरमा ‘रातो र चन्द्र सूर्य’ राष्ट्र भाव जगाउने गीत घन्किरहेको थियो । कोहीले भने ‘अब पालो युवाको, भ्रष्टाचारी मूर्दावाद’ जस्ता नारा घन्काइरहेका थिए ।  

साढे १० बजेतिर जेनजीहरुको उपस्थिति बाक्लिन थाल्यो । त्यो बेलासम्म उक्त संख्या दोब्बर, तेब्बर हुँदै बढ्दै गयो । बिहानको ११ जस्तो बजेको थियो, जेनजीहरुको जम्बो टोली बानेश्वरको संसद भवनतर्फ लम्कियो ।  

त्यसबेलासम्म ठूलै संख्यामा प्रहरी परिचालन भइसकेका थिए । प्रहरीबाट जेनजीहरुलाई कन्ट्रोल गर्न खोजिरहेको देखिन्थ्यो तर युवा पुस्ताहरु ‘एग्रेसिभ मुड’मा संसद भवनतर्फ लम्किँदै थिए ।  

बबरमल हुँदै बिजुलीबजारको पुलसम्म पुग्दा जेनजीहरुको बिशाल उपस्थिति देखिएको थियो । बानेश्वरको आकाशे पुलबाट हेर्दा जेनजीहरुको उपस्थिति बानेश्वरदेखि बिजुलीबजार पुलभन्दा परसम्म देखिन्थ्यो । 

Shivam Cement
Bizshala
CG Motors

आकाशे पुल नपुग्दै थोरै अगाडि प्रहरी परिचालन गरी अस्थायी पर्खाल(ब्यारीगेट) लगाइएको थियो । त्यहाँसम्म पुग्दा ११ बढी बजिसकेको थियो । जेनजीहरुले सरकारविरोधी नारा लगाइरहेकै थिए । केही प्रदर्शनकारी भने संयमित ढंगबाटै सडकमै बसेर नाराबाजीमै मस्त भइरहेका देखिन्थे ।  

करिब एक घण्टासम्म जेनजीहरुको नाराबाजी सामान्य ढंगबाटै चल्यो । मैले देखेँअनुसार त्यो बेलासम्म भिजिलान्तेहरुको घुसपैठ भइसकेको थियो । २८ वर्षभन्दा मुनिकालाई जेनजी पुस्तामा गनिए पनि आजको विरोध प्रदर्शनमा ३० कटेका भिजिलान्तेहरुको उपस्थिति छर्लङ्गै देखिएको थियो ।  

घुसपैठ भएकाहरुले विशेषतः जेनजीहरुलाई उक्साएर संसद भवनतर्फ टोली लैजाने र अराजक अवस्था सिर्जना गराउने मनसाय रहेको प्रष्ट देखिन्थ्यो । करिब १२ बजेतिर एक्कासी जेनजी समूहबाट मिनरल वाटरका बोतल प्रहरीतर्फ प्रहार गर्ने र प्रहरीले कन्ट्रोल गर्न राखेका ब्यारीगेट हटाउने अवस्था सिर्जना भयो ।  

प्रहरीतर्फबाट पनि कन्ट्रोल गर्न पानीको फोहोरा प्रहार हुन थाल्यो । जेनजीहरु झनै अग्रेसिभ मुडमा संसदभवनतर्फ दौडिए । प्रहरीहरुले त्यो बेला कुनै पनि हालतमा जेनजी समूहलाई रोक्नसक्ने अवस्था थिएन ।  

जेनजीको नाममा कोही कतैबाट राजनीतिक रोटी सेकाउने काम भइरहेको छ। कसै-कसैको राजनीतिक स्वार्थ र इगोमा जेनजी पुस्ताको रगत बगिरहेको छ । देश बनाउन भन्दै आन्दोलनमा उत्रिएका जेनजी पुस्ता अनाहकमा गोली खाएर ढलिरहेका छन् ।  

१२ बजिसकेको थियो, जेनजीहरुको जम्बो टोली संसद भवनतर्फ दौडिए र ढुंगामुडा हानाहान भयो । उताबाट प्रहरीहरुले अश्रुग्याँस फालिरहेका थिए तर जेनजीहरु झनै आक्रोशित भई प्रहरीहरुलाई ढुंगा र इट्टाका टुक्रा हान्ने र संसद भवनको पर्खाल भत्काउनेसम्मको क्रियाकलापमा सामेल हुन थाले ।  

मैले देखेअनुसार वास्तविक जेनजीहरुले संयमित ढंगले नाराबाजी मात्रै गरिरहेका थिए भने घुसपैठ भएका भिजलान्तेहरु संसद भवनको पर्खाल भत्काउने र संसद भवनमै छिर्ने प्रयत्न गरिरहेका थिए ।  

यसरी करिब आधा घण्टाभन्दा बढी समयसम्म अवस्था तनावपूर्ण देखिन्थ्यो । जेनजी पुस्ताकै केही युवाहरुले भने आफ्ना साथीभाईलाई सम्झाउँदै कृपया ढुंगामुढा नगरौं, संयमित ढंगबाट विरोध गरौं भनिरहेका थिए । तर अराजक बनिसकेको अवस्थामा कस्ले सुन्ने त्यो सुझाव ? जेनजी समूहबाट फुटपाथका ब्लक निकालेर प्रहरी टोलीमाथि प्रहार हुन थाल्यो । र संसद भवनको दाहिनेपट्टी रहेको भान्छामा आगजनी भयो । 

Muktinath Bikas Bank Limited

त्यसको केही समयमै प्रहरीतर्फबाट गोली चल्न सुरु भयो । जेनजीहरु भागाभाग भए, तर केही मिनेटमै फेरि विरोध चर्किन थाल्यो । यो क्रम करिब २–३ घण्टासम्म चलिरह्यो । बानेश्वरको अवस्था तनावग्रस्त बनिरह्यो । प्रहरीबाट लगातार गोली चल्ने यताबाट जेनजी समूहले ढुंगा प्रहार गर्ने अवस्था धेरैबेरसम्म चल्यो ।  

आफ्नै आँखा अगाडि कलेज पोशाकमा रहेका जेनजी गोलीले ढलेका, रगतमा लतपतिएका दृश्य आउँदा मन छिया छिया भएको छ । आखिर यो देशको कसको हो ? के यहाँ विरोध गर्ने अधिकार समेत छैन ? सरकारी कार्यशैलीको विरोध गरेकै कारण गोली खानुपर्ने कहिलेसम्म ?

उक्त समयभित्र मेरो आँखै अगाडि ४–५ जनालाई गोली लागिसकेको थियो भने २० भन्दा बढी घाइते भइसकेका थिए । यो रिपोर्ट लेख्दा पनि मेरा काँपिरहेका छन्, कुनै–कुनै आँखाले देखेका दृश्यहरु हृदयविदारक नै थिए । आफ्नै आँखा अगाडि कलेज पोशाकमा रहेका जेनजी गोलीले ढलेका, रगतमा लतपतिएका दृश्य आउँदा मन छिया छिया भएको छ । आखिर यो देशको कसको हो ? के यहाँ विरोध गर्ने अधिकार समेत छैन ? सरकारी कार्यशैलीको विरोध गरेकै कारण गोली खानुपर्ने कहिलेसम्म ?

यसरी नै लामो समयसम्म अवस्था तनावपूर्ण हुँदै गयो । गोली लाग्नेहरुको संख्या बढ्दै गयो । एम्बुलेन्समा घाइते र घटनास्थलमै मृत्यु हुनेहरुलाई लैजाने क्रम बढ्दै थियो । त्यतिबेला समेत घुसपैठ भएका केही भिजलान्तेहरु पछाडि बसेर जेनजी युवालाई उक्साउने कार्य जारी नै थियो । घूसपैठियाहरुको निकै ठूलो संख्या देख्दा मलाई लाग्यो: जेनजीको नाममा कोही कतैबाट राजनीतिक रोटी सेकाउने काम भइरहेको छ। कसै-कसैको राजनीतिक स्वार्थ र इगोमा जेनजी पुस्ताको रगत बगिरहेको छ । देश बनाउन भन्दै आन्दोलनमा उत्रिएका जेनजी पुस्ता अनाहकमा गोली खाएर ढलिरहेका छन् ।  

भ्रष्टाचार हटाएर देश बनाउने र आफ्नो पनि भविष्य बन्छ कि भन्ने आशामा आएका केही जेनजीहरुले आज ज्यान गुमाउन पुगे । उक्साहटमा लागेरै छातिमा गोली थाप्न तयार भएका जेनजी पुस्ताका युवाहरु आज आफ्नो बुवाआमाले तिरेको करबाटै किनेको गोली लागेर ढले । जेनजीको नाममा घूसपैठ भएको बुझ्दा बुझ्दै सुरक्षाकर्मीले त्यसलाई न रोक्न सके, न निस्तेज पार्न सके । बरु घूसपैठियाहरुको नाममा सोझा र अबोध जेन जीमाथि गोली दागे । दृश्यहरु सम्झिँदा मनमा आक्रोशको आगो बलेको छ । किन यसो गरियो ? निर्दोषमाथि किन गोली दागियो ? सरकार र ऊमातहतको सुरक्षा अंग किन निर्दयी बन्यो आफ्नै छोराछोरी समानका नागरिकमाथि ?  

बानेश्वरमा बसेर दिनभर समाचार संकलन गरेर कार्यालय फर्किएपछि मैले भन्नैपर्छ ः आजको यति ठूलो क्षति जेनजीको नाममा राजनीतिक रोटी सेकाउने स्वार्थ समूहको घूसपैठ र यो विषयलाई बुझ्दा बुझ्दै बर्बर रुपमा प्रस्तुत सम्वेदनहीन सरकारबीचको टकरावको परिणाम हो । देश परिवर्तनको सपना बोकेका बबूरा जेनजीलाई बलीको बोको बनाइयो । उनीहरुको रगतमा होली खेल्दै घूसपैठ गराउने समूह र सरकारले रामै्र ढंगले राजनीतिक रोटी सेके ।  

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.