शनिबार, बैशाख ५,२०८३ 05:02:07
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 05:02:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विद्यालय भोलि बन्द हुने, प्याब्सनको सरकारलाई तीन बुँदे माग

Bizshala
विद्यालय भोलि बन्द हुने, प्याब्सनको सरकारलाई तीन बुँदे माग
Shivam Cement

काठमाण्डौ । काठमाडौं उपत्यकाका निजी विद्यालयहरू भोलि एक दिनका लागि बन्द हुने भएका छन्।

आज भएको जेनजी समूहको प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै निजी विद्यालय सञ्चालकहरूले विद्यार्थीको सुरक्षालाई ध्यानमा राखी मङ्गलबार विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। विद्यालयहरूले आधिकारिक सूचना मार्फत अभिभावकलाई जानकारी गराइसकेका छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसैबीच, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले आन्दोलनमा सहभागी युवामाथि भएको दमनप्रति आक्रोश र दुःख व्यक्त गरेको छ। राष्ट्रिय अध्यक्ष गीता क्षेत्री राणा र महासचिव प्रतापबहादुर थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा लोकतन्त्र, मानव अधिकार र नागरिक स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै शान्तिपूर्ण रूपमा आफ्ना अधिकार, भविष्य र समान अवसरका लागि आवाज उठाइरहेका युवामाथि राज्य शक्तिको प्रयोग गर्नु निन्दनीय भएको उल्लेख गरिएको छ।

नेसनल प्याब्सनले सहादत प्राप्त विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। साथै आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। विज्ञप्तिमा सरकारले तीन प्रमुख बुँदा सम्बोधन गर्नुपर्ने माग राखिएको छ— पहिलो, शान्तिपूर्ण आन्दोलनमा संलग्न विद्यार्थीमाथि भएको दमन तत्काल बन्द गर्न; दोस्रो, सहादत प्राप्त विद्यार्थीहरूको सम्मान र दोषीलाई कानूनी कारबाहीमा ल्याउन; तेस्रो, घाइते युवाको पूर्ण तथा उचित उपचारको व्यवस्था गर्न।

CG Motors
Garima Development Bank
IME remit

प्याब्सनले विद्यार्थी, अभिभावक, नागरिक समाज र सम्पूर्ण सरोकारवालालाई संयमता अपनाई शान्तिपूर्ण दबाबमार्फत न्याय र अधिकार सुनिश्चित गर्ने अभियानमा एकताबद्ध हुन आह्वानसमेत गरेको छ।

यसरी, एकातिर सुरक्षा कारण विद्यालय बन्द हुने हुँदा विद्यार्थीको शैक्षिक तालिका प्रभावित हुने देखिन्छ भने अर्कोतर्फ विद्यालय सञ्चालक संघ स्वयंले पनि आन्दोलनमा युवामाथि भएको दमनलाई आपत्तिजनक ठहर गर्दै स्पष्ट विरोध जनाएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.