शनिबार, श्रावण २३,२०८३ 10:34:46
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 10:34:46
Bizshala
Global IME Bank Limited

अन्यौलको परिस्थिति अन्त्य नभएसम्म सेयर कारोबार स्थगन गर्न लगानीकर्ताको माग

अन्यौलको परिस्थिति अन्त्य नभएसम्म सेयर कारोबार स्थगन गर्न लगानीकर्ताको माग
New Office

काठमाण्डौ । लगानीकर्ता संगठन, नेपाल इन्भेष्टर्स फोरमले जेनजी पुस्ताले गरेको विरोध प्रदर्शन अन्त्य नभएसम्मका लागि सम्पूर्ण धितोपत्र कारोबार स्थगन गर्न माग गरेको छ । फोरमले आज एक विज्ञपती जारी गर्दै पूँजीबजार नियामक समक्ष यस्तो माग गरेको हो ।  

‘आन्दोलनबाट हालको अवस्था र प्रशासनको कर्फ्यु आदेश जारी भएकोले अत्यन्त विकराल परिस्थिति उत्पन्न भएको अवस्थामा सहज र दबाब रहित तरिकाले लगानिकर्ताले कारोवार गर्ने अवस्था नदेखिएको हुनाले अन्योल र मानसिक दवावमा काम गर्ने अवस्थाको अन्त्य गर्न नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज(नेप्से) समक्ष यो अन्यौलको परिस्थिति अन्त्य नभएसम्म कारोबार स्थगन गर्न लगानीकर्ताको तर्फबाट जोडदार माग गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ, ‘लगानीकर्ताको माग वेवास्ता गरि कारोवार गर्न लगाएमा यसवाट हुने प्रत्यक्ष र अप्रत्यक्ष क्षतिको सम्पूर्ण जिम्मेवारी स्वयं नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले लिनु पर्नेछ । साथै यस कार्यमा सहयोग गर्न सम्पूर्ण ब्रोकर साथीहरुमा पनि अनुरोध गर्दछौं ।’

यसका साथै, फोरमले भदौ २३ गतेको प्रदर्शनका क्रममा मृत्यु भएका सबैप्रति श्रद्धाञजली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.