बुधबार, आश्विन २९,२०८२ 12:37:14
IME remit
  • बुधबार, आश्विन २९,२०८२ 12:37:14
IME remit
Global IME Bank Limited

कृषिमन्त्रीले दिए राजीनामा, अरुको पनि आउँदै !

Hyundai Nepal
कृषिमन्त्रीले दिए राजीनामा, अरुको पनि आउँदै !
Shivam Cement

काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। जेनजीले हिजो गरेको आन्दोलनमा सुरक्षाकर्मीले देखाएको कठोर व्यवहारप्रति आक्रोश व्यक्त गर्दै उनले पदत्याग गरेको घोषणा गरेका हुन्।

Shivam Cement
Bizshala
CG Motors

अधिकारीले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै देश निर्माणमा हातेमालो गर्नुपर्ने नयाँ पुस्तालाई युद्धका शत्रु झैँ व्यवहार गरिएको भन्दै सरकारसँग जवाफ खोज्नुपर्ने बताएका छन्।

उनले लेखेका छन्, “साना बालबालिका समेतको हत्या र निर्मम दमनपछि मौन बस्नु मेरो लागि सम्भव रहेन। यस कदमले मेरो व्यक्तिगत नैतिकता र दलले सिकाएको मूल्यवोधविपरीत अपराधबोध सिर्जना गर्‍यो। त्यसैले देश र जनतासामु क्षमा माग्दै मन्त्री पदबाट राजीनामा दिन बाध्य भएँ।”

Muktinath Bikas Bank Limited

लोकतन्त्रमा प्रश्न सोध्ने र शान्तिपूर्ण रूपमा आवाज उठाउने अधिकारलाई सरकारले अस्वीकार गर्दै व्यापक दमन र हत्या गरेको भन्दै उनले सरकारको ‘अलोकतान्त्रिक व्यवहार’ विरुद्ध कडा आपत्ति जनाएका छन्।

मन्त्रीले जारी गरेको वक्तव्य यस्तो छः

आदरणीय नेपाली जनसमुदायहरू,  

नमस्कार, जय नेपाल !

म रामनाथ अधिकारी धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई मिति २०८१ असार ३१ गतेबाट नेपाल सरकारको मन्त्रिपरिषदमा कृषि तथा पशुपन्छी विकास मन्त्रीको रूपमा ईमानदारीपूर्वक पूर्ण क्षमताका साथ आमजनता र किसान दाजुभाइ तथा दिदीबहिनीहरुको हितमा समर्पित हुन पाएकोमा सन्तोषका साथ यहाँहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।

मैले प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसको लोकतान्त्रिक ईतिहासप्रति मलाई सदैव गर्व छ र अहिंसा लोकतन्त्रको प्राण हो भन्ने मेरो दलको सिद्धान्तमा एक सच्चा सिपाहीको नाताले कुनै सम्झौता हुनुहुन्न भन्नेमा म सदैव प्रतिबद्ध छु।

हिजो २०८२ भाद्र २३ गते हाम्रो छोराछोरी पुस्ताले काठमाडौं र देशका विभिन्न स्थानमा मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भईरहेको हो कि भनी म झस्किएको छु। देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो? यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन। स-साना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु ।

पटक-पटक युवापुस्ता र जनताले आन्दोलन गरिरहनुपर्ने र सत्तासीनहरूले सदैव असहिष्णुता देखाइ हिंसा गरिरहने बिडम्बनाबाट मुलुकले चाँडै निकास पाउनु पर्छ, लोकतन्त्रमा जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही हुँदैन। हामी भन्दा माननीय र सम्माननीय हाम्रा सार्वभौम जनता हुन् भन्ने सामान्य चेतना हामी 'नेता हौं' भन्नेहरुमा विकास होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।

जय नेपाल !

२४ भाद्र २०८२

रामनाथ अधिकारी

मन्त्री

कृषि तथा पशुपन्छी विकास मन्त्रालय,

सिंहदरबार, काठमाडौं

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.