बिहीबार, आश्विन २२,२०८३ 12:54:14
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 12:54:14
Bizshala
Global IME Bank Limited

आरजू देउवाको युलेन्स स्कुलमा आगजनी, दमकललाई आगो निभाउन दिइएन

Bizshala
आरजू देउवाको युलेन्स स्कुलमा आगजनी, दमकललाई आगो निभाउन दिइएन
New Office

काठमाण्डौ । ललितपुरको खुमलटारस्थित युलेन्स स्कुल मंगलबार बिहान प्रदर्शनकारीको आक्रमणमा परेर आगजनी भएको छ।

ललितपुर प्रहरीका अनुसार घटनास्थलतर्फ पठाइएको दमकललाई प्रदर्शनकारीले फर्काइदिएका कारण आगो नियन्त्रणमा लिन नसकिएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एक प्रहरी अधिकारीले भने, “सहरका विभिन्न स्थानमा प्रदर्शन र आगजनी भइरहेको छ। तर प्रहरी तथा दमकललाई हस्तक्षेपकै कारण जान कठिन भएको छ।”

जुद्ध बारूण यन्त्र कार्यालयले पनि ललितपुरका विभिन्न स्थानबाट आगजनीको खबर आएपनि सुरक्षाको कारणले दमकल पठाउन नसकेको जनाएको छ। फायर कमाण्डर राजकुमार ठकुरीका अनुसार सातदोबाटो पुगेको दमकल करिब आधा घण्टा रोकिएपछि प्रदर्शनकारीको आग्रहमा फर्कन बाध्य भएको हो।

उक्त स्कुलकी अध्यक्ष हालकी परराष्ट्र मन्त्री आरजु राणा देउवा रहेको बुझिएको छ।

यता, काठमाडौंसहित देशका विभिन्न भागमा कर्फ्यू आदेश जारी गरिए पनि प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उनीहरूले सार्वजनिक सम्पत्ति मात्र होइन, नेताहरूका निवासमा समेत आगजनी र तोडफोड गरेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.