काठमाण्डौ काठमाण्डौको कलंकीमा प्रहरीले गोली चलाएको छ ।
त्यहाँ बिहानैदेखि झडप भइरहेको थियो । प्रहरीले बाटो हिँडिरहेका सर्वसाधारणमाथि समेत दमन गरेको थियो । जथाभावी कुटपिट गरेको थियो ।
तनाव बढ्दै गएपछि प्रहरीले गोली प्रहार गरेको हो । सो क्रममा गोली लागेर ४ जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर छ ।
गोली चले पनि प्रदर्शनकारीले नाराबाजी र प्रदर्शनलाई रोकेका छैनन् । कलंकी र आसपासको क्षेत्रमा ठूलो संख्यामा अहिले प्रहरी परिचालन गरिएको छ ।