काठमाण्डौ । जेनजी प्रदर्शनकारीहरुले सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन् । आज अन्दोलनको दोस्रो दिनमा प्रदर्शनकारीहरुले सिंहदरबारस्थित सर्वोच्च अदालत आगजनी गरेका हुन् ।
प्रदर्शनकारीहरुले आज विभिन्न शीर्ष नेताका घर, पार्टी कार्यालय, प्रहरी कार्यालय, संसद् भवन, सिंहदरबार लगायतका स्थानमा तोडफोड र आगजनी गरिरहेका छन् ।