बुधबार, आश्विन २९,२०८२ 12:36:58
IME remit
  • बुधबार, आश्विन २९,२०८२ 12:36:58
IME remit
Global IME Bank Limited

नेपाली सेनाले भन्यो, ‘जेनजी आन्दोलनका विकसित घटनाक्रमबारे विश्लेषण भईरहेको छ, संयमित बनौं’

Hyundai Nepal
नेपाली सेनाले भन्यो, ‘जेनजी आन्दोलनका विकसित घटनाक्रमबारे विश्लेषण भईरहेको छ, संयमित बनौं’
Shivam Cement

काठमाण्डौ । नेपाली सेनाले जेनजी प्रदर्शनकारीहरुलाई संयमित हुन आग्रह गरेको छ । नेपाली सेनाले एक विज्ञप्ती जारी गर्दै जेनजी आन्दोलनका विकसित घटनाक्रमहरु बारे नेपाली सेनाले विश्लेषण गरिरहेकाले संयमित रहन आग्रह गरेको हो ।  

‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ ।’

Shivam Cement
Bizshala
CG Motors

विज्ञप्तीमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रही आएको उल्लेख गरिएको छ ।  

आन्दोलनको क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजन प्रति नेपाली सेनाले हार्दिक समवेदना र सहानुभूति व्यक्त गर्दै घाइते विरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.