काठमाण्डौ । कास्की कारागारबाट कैदीबन्दीहरू भागेका छन्। जेनजी आन्दोलनकारीहरूले कारागार तोडफोड गरी कैदीबन्दीलाई भगाएको प्रहरीले दाबी गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, जेनजी प्रदर्शनकारीहरूले सरकारी कार्यालयहरूमा आगजनी गरेपछि कारागारबाट कैदीबन्दी भगाउने सूचना प्राप्त भएको थियो। सोही आधारमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो। तर, बेलुका जेनजीको सहयोगमा कैदीबन्दीहरूले कारागार भत्काएर भागेका दाबी गरिएको छ ।
आन्दोलनकारीहरूले कारागारको सुरक्षामा खटिएका केही प्रहरीमाथि आक्रमणसमेत गरेको प्रहरी स्रोतले बताएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, “आन्दोलनकारीहरू कारागारभित्र प्रवेश गरी तोडफोड गरे, र भित्र रहेका कैदीबन्दीहरूले पनि साथ दिएपछि उनीहरूले कारागार तोडेर भागे।”
कास्की कारागारमा ब्लक ‘ए’ मा ४६६, ब्लक ‘बी’ मा ४८० र महिला ब्लकमा ३५ जना कैदीबन्दी रहेका छन्।