सोमबार, फाल्गुन ४,२०८२ 12:46:52
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 12:46:52
Bizshala
Global IME Bank Limited

नेपाली सेनाका प्रधानसेनापतिद्वारा आन्दोलनकारीहरूलाई वार्ताका लागि आह्वान

नेपाली सेनाका प्रधानसेनापतिद्वारा आन्दोलनकारीहरूलाई वार्ताका लागि आह्वान
Shivam Cement

काठमाण्डौ । मंगलबार साँझ एक भिडियो सम्बोधनमा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले हालको आन्दोलनलाई शान्तिपूर्ण रूपमा समाधान गर्न वार्ताको बाटो अपनाउन सबै पक्षलाई आग्रह गरेका छन्। 

उनले राष्ट्रको सर्वोच्च हितको संरक्षण र वर्तमान असहज परिस्थितिलाई सामान्य बनाउनु सबैको साझा जिम्मेवारी भएको बताए।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

हालैका आन्दोलनहरूमा भएको जनधनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै उनले मृतकहरूको आत्माको शान्तिको कामना गरे र शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरे। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना दिँदै उनले शान्ति, सुरक्षा र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीको साझा दायित्व रहेको उल्लेख गरे।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

प्रधानसेनापति सिग्देलले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र जनताको सुरक्षाका लागि नेपाली सेना सधैं प्रतिबद्ध रहेको कुरा दोहोर्‍याए। उनले आन्दोलनका कारण राष्ट्रिय सम्पदा, सार्वजनिक सम्पत्ति, सर्वसाधारण, मित्रराष्ट्रका कूटनीतिक नियोग र अन्य सरोकारवालाहरूको सुरक्षामा कुनै प्रतिकूल असर नपर्ने कुरामा जोड दिए।

राष्ट्रिय एकता र सद्भावका लागि सबैलाई एकजुट भएर अगाडि बढ्न आग्रह गर्दै उनले मातृभूमिको जयगान गरे।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.