काठमाण्डौ । नेपाली सेनाले जेनजी आन्दोलनको फाइदा उठाउँदै लुटपाट मच्चाउने २१ जनालाई नियन्त्रणमा लिएको छ । सेनाले काठमाण्डौ र भक्तपुरका विभिन्न स्थानबाट लुटपाटमा संलग्न २१ जनालाई नियन्त्रणमा लिएको हो ।
भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्नहरुलाई नियन्त्रणमा लिइएको सेनाले जनाएको छ ।
यस्तै नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न ५ जनालाई पनि सेनाले नियन्त्रणमा लिएको छ । सेनाले हिजो राति १० बजेबाट सुरक्षा जिम्मा आफ्नो हातमा लिएको छ ।
सेनाले सार्वजनिक स्थानमा भीडभाड नगर्न, सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड नगर्न सबैमा आग्रह गरेको छ । यदि कोही व्यक्ति त्यस्तो कार्यमा संलग्न भएको पाइए तुरुन्तै खबर गर्न आग्रह गरिएको छ ।