काठमाण्डौ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको नयाँ अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त भएका छन् । गत फागुन २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उपाध्यायलाई अध्यक्ष नियुक्त गरेको हो ।
उनले फागुन ३० गते आयोजित शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा.गुणाकर भट्टबाट शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण समारोहपछि निवनियुक्त अध्यक्ष उपाध्यायले खुशी व्यक्त गर्दै, वित्तीय समावेशीकरणमा नेपाल डिजिटल पेमेन्ट्सको पहलले आफु उत्साहित भएको बताए ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उदेश्यले स्थापना भएको डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो ।