शनिबार, श्रावण २३,२०८३ 10:33:54
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 10:33:54
Bizshala
Global IME Bank Limited

सेयरबजार बन्द भएका बेला यी हुन लगानीकर्ताले हेर्न र पढ्न सक्ने उत्कृष्ट फिल्म तथा पुस्तक

सेयरबजार बन्द भएका बेला यी हुन लगानीकर्ताले हेर्न र पढ्न सक्ने उत्कृष्ट  फिल्म तथा पुस्तक
New Office

काठमाण्डौ । देशमा सिर्जित असहज राजनीतिक घटनाक्रमका कारण यतिबेला सेयर बजार बन्द रहेको छ । मंगलबार देखि बन्द रहेको बजार यो साताभर बन्द रहने नेप्सेले जनाएको छ । यो सँगै घरमा थुनिएका लगानीकर्ता फुर्सदिला बनेका छन् । यो समयलाई लगानीकर्ताले सेयरबजारसँग सम्बन्धित फिल्म र पुस्तक पढेर फलदायी बनाउन सक्छन् ।  

फिल्म केबल मनोरञ्जनका लागि मात्रै नभएर ज्ञान हासिल गर्ने माध्यम पनि हो । सेयर बजारसँग सम्बन्धित नेपाली चलचित्र नबनेता पनि हिन्दी तथा अंगे्रजी भाषामा भने निकै फिल्म बनेका छन् । उदाहरणका लागि हिन्दी फिल्म ‘गफ्ला’ सेयरबजार सम्बन्धी एउटा उत्कृष्ट फिल्म मानिन्छ ।  

यो फिल्ममा एउटा सामान्य बेरोजगार परिवारको व्यक्ति कसरी सेयर बजारबाट मालामाल बन्छ भन्ने कथा देखाइएको छ । यस्तै यो फिल्ममा सेयबाजरमा ठूला महत्वाकांक्षा र घमण्डले कसरी पैसा स्वाहा पनि हुन सक्छ भन्ने देखाएइको छ ।  

यस फिल्ममा सुबोध नाम गरेका एक युवा लगानीकर्ता हुन्छन् । उनमा सेयर बजारको यस्तो नसा हुन्छ कि उनी रगत बेचेको पैसा लगानी गरेर सेयर बजार प्रवेश गर्छन् । उक्त पैसाले नपुगेपछि आफ्नो परिवारको गरगहना पनि बेचेर सेयर बजारमा लगानी गर्छन् ।

विस्तारै सेयर बजारमा चर्चित हुन थाले पछि पोर्टफोलियो ब्यबस्थापनको पनि काम गर्ने गर्छन । त्यही बीचमा एकजना महिला पत्रकारसँग उनको प्रेम पर्छ । तर त्यो बेलासम्म सुबोधको निकै हाइट बढी सेकेको हुन्छ । त्यसैले उनले आफ्नी प्रेमिकासँग विवाह गर्दैनन् ।  

सुबोधको एक घरानिया परिवारमा विवाह हुन्छ । तर पछि तिनै पूर्व प्रेमिकाले करछलीको समाचार लेखेपछि सुबोधको जिन्दगीको आरोलो यात्रा सुरु हुन्छ । यसरी यस फिल्ममा एक पत्रकार र लगानीकर्ताबीचको सम्बन्धलाई निकै रोचक ढंगले प्रस्तुत गरिएको छ ।  

यी हुन् हिन्दी र अंग्रेजीमा भाषामा निमार्ण भएका केही उत्कृष्ट चलचित्रः  

१ ) बजार  

२) स्क्याम १९९२

३) द बिग बुल  

४) मार्जिन कल  

५ ) ट्रेडिङ प्लेस  

६) द क्रयास १९९२  

७ ) बैंकिड अन बिट्क्वाइन

८ ) इक्विटी  

९ ) रफ ट्रेडर  

१० ) द वल्फ अफ वाल स्ट्रिट  

११ द बिग शर्ट  

यी त भए सेयरबजारसँग सम्बन्धित चर्चित चलचित्रहरु । बजारमा लगानीकर्ताहरुले नेपाली तथा अंग्रेजी भाषाका सेयरबजारसँग सम्बन्धित केही पुस्तक पनि अनलाइन मार्फन नै पढ्न पनि सक्छन् । जसमा रवीन्द्र भट्टराइले लेखेका पुस्तक ‘सेयरको अधारभूत विश्लेषण’ र ‘सेयर , कमोडिटिज तथा डेरिभेटिभ बजारको प्राविधिण विश्लेषण’ जस्ता पुस्तक उत्तम छनौट हुन सक्छन् ।  

त्यसैगरि, अंग्रेजी भाषाका बेन्जामिन ग्रहामले लेखेको ‘द इन्टेलिजेन्ट इन्भेष्टर’, जोन जे मूर्फिले लेखेको ‘टेक्टिकल एनलाइसिस् अफ द फाइनान्सियल मार्केट’ पनि उत्तम विकल्प हुन सक्छन् । यी पुस्तक लगानीकर्ताहरुले अनलाइन मार्फत घरमा नै बसेर अध्ययन गर्न सक्छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.