काठमाण्डौ । सुन्धारास्थिति केन्द्रीय कारागारबाट पूर्व उप–प्रधान तथा पूर्वउर्जा मन्त्री टोपबहादुर रायमाझी पनि भागेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी सुन्धारा कारागारबाट भागेका हुन् ।
कारागारमा रहेका ३८ सय कैदीमा ३३ सय भन्दा बढी कैदी बुधबार फरार भएका छन्, जसमा रायमाझी पनि फरार भएका हुन् ।
कारागार स्रोतका अनुसार अहिले कारागारमा पाँच सयको हाराहारीमा मात्रै रहेका छन् भने भद्र बन्दी गृहमा भने एक सय जना रहेको जनाएको छ ।
नख्खु कारागारबाट भागेका कैदीबन्दीहरुले पछि केन्द्रीय कारागार समेत तोडफोड गरेका कारण कैदीहरु भाग्न सफल भएको स्रोतले जनाएको छ ।