शनिबार, बैशाख ५,२०८३ 01:49:45
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 01:49:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

धादिङ कारागारमा कैदीबन्दीको भाग्ने प्रयास, सेनाको गोली प्रहारमा दुईको मृत्यु, सात घाइते

Bizshala
धादिङ कारागारमा कैदीबन्दीको भाग्ने प्रयास, सेनाको गोली प्रहारमा दुईको मृत्यु, सात घाइते
Shivam Cement

काठमाण्डौ ।धादिङ जिल्ला कारागारमा कैदीबन्दीहरूले भाग्ने प्रयास गरेपछि नेपाली सेनाले गोली चलाएको छ।

गोली लागेर दुई कैदीबन्दीको ज्यान गएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

मृत्यु हुनेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका-४ का ७५ वर्षीय जितबहादुर घले र नवलपरासी पश्चिमको सुनवल नगरपालिका-१२ का ३६ वर्षीय इन्द्रबहादुर डाला छन्। यो जानकारी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विजयराज सुवेदीले दिए।

घटनामा सात जना घाइते भएका छन्, जसमध्ये मानव बेचबिखन, जबरजस्तीकरणी र लागुऔषधसम्बन्धी मुद्दामा सजाय भोगिरहेका कैदीबन्दी छन्। घाइतेहरूलाई उपचारका लागि बुधबार काठमाडौं पठाइएको प्रजिअ सुवेदीले बताए।

गोली बुधबार दिउँसो २:३० बजे चलेको थियो।

प्रजिअ सुवेदीका अनुसार, कैदीबन्दीहरूले बिहान ९ बजेदेखि कारागारभित्र हुलदङ्गा मच्चाउँदै तोडफोड र नाराबाजी गरेका थिए। उनीहरूले कारागारमा आगजनी गरेपछि दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको थियो।

CG Motors
Garima Development Bank
IME remit

कैदीबन्दीहरूले जेलभित्र सीपमूलक कामका लागि प्रयोग हुने घरेलु हतियार लिएर सुरक्षाकर्मीमाथि आक्रमण गर्न खोजेका थिए। "त्यसपछि पुन: आगजनी भयो, सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भयो र कारागारको ताला फोडियो," प्रजिअ सुवेदीले भने।

कैदीबन्दीहरूले काठमाडौंमा रवि लामिछानेलाई रिहा गरिएको भन्दै आफूहरूलाई पनि छाड्नुपर्ने माग राखेका थिए। "रविलाई धादिङ ल्याएर थुन् वा हामीलाई पनि छाड्नुपर्छ भन्दै उनीहरू आक्रोशित भए," सुवेदीले बताए।

स्थिति अनियन्त्रित बन्दै गएपछि सुरक्षाकर्मीले सुरुमा पानीको फोहोरा प्रयोग गरेका थिए। "तर, त्यसले पनि शान्त भएन। बिहान ९ बजेदेखि दिउँसो २:३० बजेसम्म तनावपूर्ण अवस्था रह्यो। कैदीबन्दीहरू उग्र बन्दै गएपछि सेनाले गोली चलाउनुपरेको हो," प्रजिअ सुवेदीले सेतोपाटीलाई बताए।

अहिले कारागारको स्थिति नेपाली सेनाको नियन्त्रणमा रहेको प्रजिअ सुवेदीले जानकारी दिए।

Photo : RSS

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.