मंगलवार, फाल्गुन ५,२०८२ 08:24:24
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 08:24:24
Bizshala
Global IME Bank Limited

राजनीतिक स्थिरता कायम नहुँदासम्म सेयरबजार कारोबार स्थगित गर्न माग

राजनीतिक स्थिरता कायम नहुँदासम्म सेयरबजार कारोबार स्थगित गर्न माग
Shivam Cement

काठमाण्डौ । पूँजी बजार अभियानमा संलग्न संघसंस्थाहरुले राजनीतिक स्थिरता कायम नहुँदासम्म सेयरबजार कारोबार स्थगित गरिदिन आग्रह गरेका छन्  । विभिन्न ५ वटा संघसंस्थाले आज एक विज्ञप्ती जारी गर्दै अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज(नेप्से), सिडिएस एण्ड क्लियरिङ र स्टक ब्रोकर एशोसिएसन अफ नेपाललाई यस्तो आग्रह गरेका हुन् ।  

धितोपत्र बजार अत्यन्तै संवेदनशील र राष्ट्रिय परिस्थितिको सानोभन्दा सानो सकारात्मक वा नकारात्मक प्रभावले समेत यसमा ठूलो उतारचढाव ल्याउने भएकाले हालको त्रास र अनिश्चितताको वातावरणमा लगानीकर्ताहरुले विवेकपूर्ण र सही निर्णय लिन असम्भवप्रायः हुने भएकाले बजारमा अनावश्यक बिक्री चाप सिर्जना भई समग्र पूँजीबजार नै धराशायी सक्ने जोखिम बढेको लगानीकर्ताले बताएका छन्।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

‘यसले विशेषगरी साना र नयाँ लगानीकर्ताहरुलाई अपूरणीय क्षति पुऱ्याउन सक्छ। तसर्थ, पूँजीबजारको स्थायित्व र लाखौं लगानीकर्ताको हित संरक्षणलाई पहिलो प्राथमिकतामा राख्दै, हाललाई केही समयका लागि कारोबार स्थगित गर्नु नै एक मात्र विवेकपूर्ण विकल्प देखिन्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘देशमा शान्तिसुरक्षाको प्रत्याभूति भई अन्य आर्थिक गतिविधिका सम्पूर्ण अवयवहरु व्यवस्थित र सहज हुने परिस्थिति निर्माण भएपछि मात्र बोर्डले उचित समयमा बजार पुनः सञ्चालन गर्ने व्यवस्था मिलाओस् भन्ने हाम्रो माग छ । यस अवस्थामा यसअघि लगानीकर्ताहरूले उठाएका मागहरू पूरा गर्ने सम्बन्धमा धितोपत्र बोर्डले द्रुत गतिमा काम अगाडि बढाउनको लागि समेत जोडदार माग गर्दछौं ।’

लगानीकर्ताले नियामक निकाय तथा अन्य सबै सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र छलफल गरी राजनीतिक अवस्था स्थिर नहुँदासम्म लागि धितोपत्र कारोबार स्थगित गर्ने निर्णय गर्न आग्रह गरेका छन् । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.