शनिबार, बैशाख ५,२०८३ 01:36:00
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 01:36:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दुर्गा प्रसाईलाई पटक-पटक वार्तामा छिराएपछि रिसाए जेन-जी, राष्ट्रपतिसँग सोझै वार्ता गर्न नपाए सत्याग्रह थाल्ने

Bizshala
दुर्गा प्रसाईलाई पटक-पटक वार्तामा छिराएपछि रिसाए जेन-जी, राष्ट्रपतिसँग सोझै वार्ता गर्न नपाए सत्याग्रह थाल्ने
Shivam Cement

काठमाण्डौ । बुधबार रातिदेखि बिहीबार दिनभरसम्म नेपाली सेनासँग वार्तामा बसेका जेन जी अभियानका नेताहरु निश्कर्षविहीन अवस्थामा जंगीअड्डाबाट बाहिरिएका छन् ।  

बुधबार र बिहीबार भएका वार्ताका क्रममा प्रत्येक पटक सेनापति अशोकराज सिग्देलले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई समेत आन्दोलनको स्टेकहोल्डर भन्दै अगाडि सारेपछि जेन जी अभियन्ताले वार्ता निश्कर्षविहीन बन्न पुगेको दाबी गरेका हुन् । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नाम उल्लेख नगर्न आग्रह गर्दै बैठकबाट बाहिर निस्किएका जेन जी अभियानका एक नेताले बिहीबार पनि सेना, जेनजी प्रतिनिधि र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीबीचको वार्तामा दुर्गा प्रसाईंलाई प्रवेश गराइएपछि असहज अवस्था बनेको दाबी गरे । प्रसाईको प्रवेश भएपछि चलिरहेको वार्ता नै रोकिएको ती नेताको दाबी छ ।  

जेन जी अभियानका नेताहरु सेनापतिले पटक पटक दुर्गा प्रसाईंको नाम लिएपछि आशंकाहरु बढेका दाबी गर्छन् । अब हामीले वार्ता त्याग्यौं, हाम्रो मागहरु पूरा हुने सम्भावना देखिएन । उनले भने ः अब हामी सेनासँग होइन, सिधैं राष्ट्रपतिसँग मात्र वार्ता गर्छौ । यही अडानका साथ अहिलेलाई उठेका छौं ।

जेन जी अभियन्ताहरुले राष्ट्रपति रामचन्द्र पौडेलले सक्रिय भूमिका नखेलेका र सेनालाई अगाडि बढाएर आशंका गर्ने ठाउँहरु दिएका भन्दै असन्तुष्ट छन् ।  

आफूहरुले अब राष्ट्रपतिसँग वार्ता गर्ने अवसर नपाए पुनः आन्दोलन सुरु गर्ने उनीहरुको चेतावनी छ । आफ्ना मागहरु नसुनिए वा जेनजी अभियानलाई निस्तेज पार्नका लागि वार्ताको नाममा इन्गेज गराउने काम मात्र भएको आशंका गर्दै जेनजीकै केही अभियन्ताको नेतृत्वमा सत्याग्रह समेत थाल्ने दाबी गरेका छन् । 

CG Motors
Garima Development Bank
IME remit

नेपाली सेनास्थित स्रोतले भने जेनजीसँगको वार्ता सौहाद्रपूर्ण ढंगले अगाडि बढेको र राष्ट्रपतिको निर्देशनअनुसार नै काम भइरहेकोले सबै पक्षको सहयोग र धैर्यताको खाँचो रहेको बताउँछ । एक उच्च सैनिक अधिकृतले टेलिफोनमा कुरा गर्दै बिजशालासँग भने-'हामी नेपाली जनताको चाहनाभन्दा दायाँबायाँ छैनौं । संकटमा फसेको देशलाई कसरी पार लगाउने भन्ने विषयका लागि हामीले सहजीकरण गरिरहेका हौं । यो क्रममा सेनापति ज्यूले सबै सरोकारवालाहरुको धारणा लगभग बुझिसक्नुभएको छ । अब सोही अनुसार महामहिम राष्ट्रपतिसमक्ष रिपोर्टिङ हुन्छ र बाँकी प्रक्रिया पनि अगाडि बढ्छ।'  

अन्तरिम सरकार गठनको प्रक्रिया परिपक्व हुन केही दिन लाग्नसक्ने भन्दै सबैले सकारात्मक रुपमा सोचिदिएर शान्ति र अमनचयन कायम गर्नुपर्ने ती अधिकृतको भनाई छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.