सोमबार, फाल्गुन ४,२०८२ 10:50:05
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 10:50:05
Bizshala
Global IME Bank Limited

पूर्व सुरक्षा प्रमुखहरूको चेतावनी : "राजनीतिक निकास ढिलो भयो भने सुरक्षा संकट गहिरिन्छ"

पूर्व सुरक्षा प्रमुखहरूको चेतावनी : "राजनीतिक निकास ढिलो भयो भने सुरक्षा संकट गहिरिन्छ"
Shivam Cement

काठमाण्डौ । मुलुकमा जारी अनिश्चितता लामो समयसम्म रह्यो भने सुरक्षा संकट थप गहिरिने भन्दै पूर्व उच्च सुरक्षा अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले छिट्टै राजनीतिक सहमति मार्फत समाधान खोज्न नेतृत्व तहलाई आग्रह गरेका छन्।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

छ जनासम्मिलित पूर्व सुरक्षा प्रमुखहरूले बिहीबार साँझ संयुक्त वक्तव्य जारी गर्दै हालैका आन्दोलनमा क्षतिग्रस्त प्रहरी एकाइलाई तत्काल पुनःसुदृढ गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

वक्तव्यमा हस्ताक्षर गर्नेहरूमा पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरा, पूर्व अतिरिक्त महानिरीक्षक विनोद सिंह, सहायक प्रहरी अतिरिक्त महानिरीक्षक नारायण बाबु थापा, पूर्व अतिरिक्त महानिरीक्षक रमेश कुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देविराम शर्मा तथा सुरक्षा-न्याय अध्यक्ष परिषद् केन्द्रका पूर्व अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाह रहेका छन्।

सुरक्षा संवेदनशील घडी

वक्तव्यमा भनिएको छ, “देश तरल अवस्थामा पुगेको यस संवेदनशील घडीमा नागरिकको जीवन र सम्पत्तिको रक्षा सबैको साझा दायित्व हो। तर, लामो समयसम्म सरकारविहीन अवस्था रह्यो भने अवाञ्छित समूह सक्रिय हुने र सुरक्षा जोखिम बढ्ने सम्भावना उच्च छ।”

त्यसैगरी, आन्दोलन नियन्त्रणका क्रममा सुरक्षाकर्मीहरूले न्यूनतम बल प्रयोग गर्दै नागरिकको जीवनरक्षा र मानवअधिकारलाई प्राथमिकतामा राख्नुपर्नेमा पूर्व अधिकारीहरूको जोड छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कैदीबन्दी फरार र चुनौती

पूर्व अधिकारीहरूले प्रहरी अनुसन्धानपछि पक्राउ परेका करिब १३ हजार कैदी कारागारबाट भाग्न सफल भएको घटनालाई गम्भीर चुनौतीको रूपमा चित्रण गरेका छन्। “समाजमा अपराधीहरू पुनःफर्कनुले आम नागरिकमा भय र असुरक्षा बढेको छ,” वक्तव्यमा उल्लेख छ।

यसबाहेक, सिंहदरबार, राष्ट्रपति भवन, प्रहरी कार्यालयहरूसहित सार्वजनिक संरचनामा भएको क्षति पनि मुलुकले भोग्नुपर्ने ठूलो चुनौती भएको उनीहरूको टिप्पणी छ।

श्रद्धाञ्जली र माग

भदौ २३ र २४ गते जेनजी युवाहरूको आह्वानमा काठमाडौंसहित विभिन्न शहरमा भएको प्रदर्शनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पूर्व सुरक्षा प्रमुखहरूले घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न माग गरेका छन्।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.