• बिहीबार, भाद्र २६,२०८२ 11:53:01
Global IME Bank Limited

उपत्यकाको निषेधाज्ञा खुकुलो, अत्यावश्यक काम गर्ने समय एकघण्टा थप

Hyundai Nepal
उपत्यकाको निषेधाज्ञा खुकुलो, अत्यावश्यक काम गर्ने समय एकघण्टा थप

काठमाण्डौ । नेपाली सेनाले उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुर क्षेत्रमा लगाइएको निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेको छ ।  

सेनाले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञाको समय बिहीबारको तुलनामा शुक्रबार एकघण्टाले कम गर्दै अत्यावश्यक कामका लागि आवतजावत गर्ने तथा किनमेल गर्ने समय एकघण्टा बढाएको छ ।  

नेपाली सेनाका अनुसार भदौ २७ गते शुक्रबार बिहान ६ बजेदेखि ११ बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिनेछ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

 यस्तै, बेलुका ५ बजेदेखि ७ बजेसम्म पनि आवतजावतको समय तोकिएको छ ।  

भदौ २७ गते अर्थात शुक्रबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म ६ घण्टा मात्र निषेधाज्ञा लगाइनेछ ।  

राति भने ७ बजेदेखि भदौ २८ गते शनिवारको बिहान ६ बजेसम्म कफ्र्यू लाग्नेछ । 

सेनाले अत्यावश्यक कामका लागि भनी खुला गरिएको समयमा धर्ना, जुलुस, प्रदर्शन नगर्न सचेत गराएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.