बुधबार, आश्विन २९,२०८२ 01:37:03
IME remit
  • बुधबार, आश्विन २९,२०८२ 01:37:03
IME remit
Global IME Bank Limited

जेनजी आन्दोलनमा लुटपाट र आगजनीका फूटेज प्रहरीले माग्यो, कसरी पठाउने ?

Hyundai Nepal
जेनजी आन्दोलनमा लुटपाट र आगजनीका फूटेज प्रहरीले माग्यो, कसरी पठाउने ?
Shivam Cement

काठमाण्डौ । जेनजी आन्दोलनमा घूसपैठ गरी आगजनी, लुटपाट गर्नेहरुलाई प्रहरीले कानूनी कारबाही गर्ने भएको छ ।  

नेपाल प्रहरीले एक सूचना जारी गर्दै आगजनी र लुटपाटमा संलग्नहरुलाई कारबाहीमा सहयोग गर्न सबुद प्रमाण पठाएर सहयोग गर्न देशबासीलाई आह्वान गरेको छ । 

Shivam Cement
Bizshala
CG Motors

'यहि भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाइहरूसँग छ भने कृपया हामीलाई [email protected] मा पठाई सहयोग गर्नुहुन अनुरोध गर्दछौं । तपाईहरूको गोपनियता कायम रहनेछ ।' प्रहरीले आफ्नो सूचनामा भनेको छ ।  

काठमाण्डौ उपत्यका लगायत देशका प्रमुख शहरी क्षेत्रमा जेनजी आन्दोलनका क्रममा जथाभावी आगजनी, तोडफोड र लुटपाटका घटनाहरु भएका थिए । आन्दोलनकारीको आक्रमणबाट प्रहरी विस्थापित भएको मौका छोपेर साँझदेखि राति १० बजेसम्म पनि लुटपाटका घटनाहरु भएका थिए ।  

Muktinath Bikas Bank Limited

सो क्रममा आन्दोलनकारीको नाममा सिंहदरबारभित्रका मन्त्रालयका भवन, संसद भवन, देशभरका भाटभटेनीका २१ वटा आउटलेट, हिल्टन लगायतका होटल, एनसेल टावर, सीजी पार्क, नेता तथा व्यवसायीहरुका घर तथा व्यवसाय, गाडीहरुका सोरुम लगायतमा आक्रमण, आगजनी तथा लुटपाट मच्चाइएको थियो ।  

तिनै घटनाको सुक्ष्म विश्लेषण गर्दै प्रहरीले गैरकानूनी कार्यमा संलग्नहरुलाई छानी छानी कारबाही गर्ने नीतिअनुसार प्रमाणहरु मागेको देखिएको छ ।  

प्रहरीले गत चैत १५ को राजावादी प्रदर्शनका क्रममा समेत लुटपाट, आगजनीजस्ता गतिविधिमा संलग्नहरुको पहिचान गरी पक्राउ गरेको थियो ।  

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.