बुधबार, आश्विन २९,२०८२ 01:43:00
IME remit
  • बुधबार, आश्विन २९,२०८२ 01:43:00
IME remit
Global IME Bank Limited

आपूर्ति शृंखला खल्बलिन नदिन आग्रह

Hyundai Nepal
आपूर्ति शृंखला खल्बलिन नदिन आग्रह
Shivam Cement

काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघले युवा पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र वाक् स्वन्त्रताको पक्षमा आह्वान गरेको प्रदर्शनका क्रममा भएको अकल्पनीयजन धनको क्षतिप्रति नेपाल समुद्रपार निकासी पैठारी संघ गहिरो दुःख व्यक्त गरेको  गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना समेत प्रकट गरेको छ ।  

प्रदर्शनका क्रममाउद्यमी, व्यवसायी, उद्योग, प्रतिष्ठान, तिनका कार्यालय एवं निवासलाई तोडफोड एवं आगजनीको निशाना  बनाइएबाट उद्यमी व्यवसायी भयभीत भएकाले यस्ता घटनाबाट दीर्घकालसम्म व्यवसायमा हुने स्वदेशी र विदेशी लगानी प्रभावित हुने र समृद्धिको यात्रामा अवरोध आउने संघको ठहर छ ।  

अहिलेको जटिल अवस्थामा व्यावसायिक कर्तव्यबोधका साथ अघि बढ्न र अत्यावश्यकीय वस्तुको आपूर्ति शृंखला खल्बलिन नदिन सम्पूर्ण सदस्य तथा गैरसदस्य व्यवसायीहरुमा  अपिल गरिएको छ । यसमा समन्वय र सहजीकरणगरिदिन सरोकारवालालाई आग्रह गर्दै संघले सम्पूर्ण सरकारी निकाय र कार्यालयहरु तत्कालै काममा फर्किंदा सहजीकरणको वातावरण बन्ने संघले अपेक्षा गरेको छ ।

Shivam Cement
Bizshala
CG Motors

संघले अहिलेको तरल अवस्था चाँडै नै अन्त्यभई युवा पुस्ताको चाहनाबमोजिमको समृद्धियात्रामा देश अगाडि बढ्ने अपेक्षा समेत गरेको छ ।

यस्तै संघले सुशासन र समृद्धिको दिशामा सरकोकारवालापक्षसँग समन्वय र सहकार्य गर्न सदैव तयार रहने प्रतिबद्धता पनि व्यक्त गरेको छ । देशका लागि अझ बढी वित्तीय स्रोत र अझबढी रोजगारी आवश्यक परेको यो अवस्थामा नियमित रुपमा उद्यम व्यवसाय चल्ने वातावरणको निम्ति अपरिहार्य शान्ति सुरक्षाको प्रबन्ध यथाशीघ्र मिलाउन संघ सम्बद्ध सबै पक्षलाई अपिल गरेको छ ।  

‘अर्थतन्त्रको चालक शक्ति निजी क्षेत्रका व्यावसायिक गतिविधि भय रहित वातावरणमा निर्धक्कसँग चल्न नसकेमा अर्थतन्त्रमा थप समस्या आउने निश्चित छ । त्यसैले सर्वप्रथम आम सर्वसाधारण तथा उद्यमी व्यवसायीले निर्वाध रुपमा पेसा व्यवसायगर्न सक्ने वातावरण निर्माणको लागि सुरक्षा व्यवस्था सुदृढ बनाउन आग्रह गर्दछौं,’ संघले भनेको छ ।  

निषेधाज्ञा एवं कफ्र्युका बेला अत्यावश्कीय सेवा दिने पेसाकर्मीको आवतजावत तथा औषधि, खाद्यान्न, दूध, पानी, फलफूल, तरकारी, पेट्रोलियम पदार्थ जस्ताअत्यावश्यकीय वस्तुको ओसारपसारमा सहजीकरण सम्बद्ध निकायलाई आग्रह समेत संघले गरेको छ ।  

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.