सोमबार, फाल्गुन ४,२०८२ 10:18:57
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 10:18:57
Bizshala
Global IME Bank Limited

सीआईबीको चेतावनी: लुटिएका सामान खरिद-बिक्री गरे कानुनी कारबाही

सीआईबीको चेतावनी: लुटिएका सामान खरिद-बिक्री गरे कानुनी कारबाही
Shivam Cement

काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हालै भदौ २३ र २४ गतेका प्रदर्शनका क्रममा लुटिएका सामग्रीहरू खरिद वा बिक्री नगर्न सर्वसाधारणलाई सचेत गराएको छ। ब्यूरोले चेतावनी दिँदै चोरी वा लुटिएका सामान किन्ने, बेच्ने वा लुकाउनेलाई कडा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

शुक्रबार जारी गरिएको विज्ञप्तिमा सीआईबीले प्रदर्शनकै बीच सरकारी तथा निजी भवन, बैंक, वित्तीय संस्था लगायतका स्थानहरूमा तोडफोड र आगजनी हुनु अघि ऐतिहासिक दस्तावेज, नगद, बहुमूल्य वस्तु तथा अन्य सामग्री लुटिएको पुष्टि भएको जनाएको छ।

प्रहरीको भनाइअनुसार ती सामग्रीहरू सामान्य बजारमा बिक्री गर्ने प्रयास भइरहेको सूचनाका आधारमा अनुसन्धान अगाडि बढाइएको छ। “लुटिएका सामान खरिद वा सञ्चय गरेको पाइएमा कानुनअनुसार कठोर कारबाही हुनेछ,” विज्ञप्तिमा उल्लेख छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै, प्रहरीले सर्वसाधारणलाई अपिल गर्दै भनेको छ— यदि कसैले लुटिएका सामान बिक्री गर्न ल्याएको वा कसैले खरिद गरेको जानकारी भएमा तत्काल नजिकको प्रहरी निकायलाई खबर गर्नुपर्नेछ। साथै, त्यस्ता सामान भेटिए वा प्राप्त भएमा नजिकैको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको छ।

सीआईबीले अराजक अवस्थाको मौका छोप्दै आपराधिक समूहहरूले महत्त्वपूर्ण कागजात र धनमाल लुटेको र तिनलाई सामान्य बजारमा खपाउने सम्भावना रहेको भन्दै थप सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.