शनिबार, बैशाख ५,२०८३ 12:06:02
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 12:06:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आन्दोलनका क्रममा भाटभटेनीबाट आईसक्रिम चोर्ने शिक्षक बर्खास्त

Bizshala
आन्दोलनका क्रममा भाटभटेनीबाट आईसक्रिम चोर्ने शिक्षक बर्खास्त
Shivam Cement

बुटवल । जेनजी आन्दोलनको नाममा सुरु भएको विरोध प्रदर्शनले नयाँ विवाद जन्माएको छ। भदौ २४ गते बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा आइसक्रिम चोरी भएको दृश्य सार्वजनिक भएपछि यसले केवल आन्दोलनकै नैतिकतामाथि प्रश्न उठाएको छैन, विद्यालयको प्रतिष्ठा समेत संकटमा पारेको छ।

सार्वजनिक फोटामा कालिका मानवज्ञान स्कुलका शिक्षक शिवशंकर शुक्ला प्रत्यक्ष संलग्न देखिएपछि विद्यालयले तुरुन्तै कठोर निर्णय लिँदै उनलाई बर्खास्त गरेको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

विद्यालयका प्राचार्य दिनेश थापाका अनुसार, "शिक्षक समाजका आदर्श पात्र हुन्। उनीहरूले गलत कार्यमा संलग्न हुँदा विद्यालयको मात्र नभई सम्पूर्ण शैक्षिक क्षेत्रकै छवि धूमिल हुन्छ।" थापाले शुक्लाको गतिविधि विद्यालयको आचरण संहिता विपरीत भएको ठहर गर्दै शुक्रवारदेखि लागू हुनेगरी उनको अध्यापन सेवा समाप्त गरिएको जानकारी दिए।

यस घटनाले विद्यालयका विद्यार्थी र अभिभावकलाई समेत स्तब्ध बनाएको छ। एक अभिभावकले भने, "हामी आफ्ना छोराछोरीलाई यस्तै शिक्षकबाट शिक्षा पाउने भनेर पठाएका हौँ भन्ने सोच्दा नै लाज लाग्छ।"

CG Motors
Garima Development Bank
IME remit

शिक्षकलाई आन्दोलन र प्रदर्शनमा संलग्न हुने अधिकार भए पनि त्यसको नाममा हुने अनियमितता र चोरीजस्ता कार्यले सम्पूर्ण पेशामाथि नै प्रश्न उठाउने शिक्षाविद्हरूको टिप्पणी छ।

यस घटनापछि शैक्षिक क्षेत्रभित्र आत्मानुशासन र आचरणप्रतिको प्रतिबद्धता अझै कडाइका साथ लागू गर्नुपर्ने आवाज उठ्न थालेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.